जब शिक्षक ओमनाथ ‘जीउँदै मरेर…..’

285

 

बलरामप्यासी ।
ज्युँदै मरेर पनि………… हाँसेर जिउँनुपर्ने
जिउनलाई कहिलेकाँही त विष पनि पिउँनु पर्ने

काठमाडौं ।
ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल सुविधानगर, तिनकुने लगायतविभिन्न स्थापितविद्यालयका सामाजिक विज्ञान विषयकाशिक्षकओमनाथ कडरियाको नयाँआधुनिकगीतज्युँदै मरेर पनि….ले यतीखेर विभिन्न परिस्थतिसिंग झेलिएरबाँचिरहेकाहजारौं श्रोताहरुको मन जित्नथालेको छ । उनी भन्छन—‘समाजमाबाँचेकासबैको कथाप्रायःउस्तै छ, मात्र प्रसंग फरक होला, मैले त्यसैलाई समेटने प्रयास गरेको हुँ।’
गीतकार कडरीयाको योआधुनिकगीतको दृष्यविनाको ‘शाब्दिक भिडियो’ यसैहप्ता सार्वजनिकभएको हो । गायक स्वरुपराजआचार्यको स्वरमागीतको अडियो केही समयअघि नै सार्वजनिकभएतापनि’शाब्दिक भिडियो’ भनेभर्खरै युट्यूबमार्फत सार्वजनिकभएको हो ।
वरिष्ठ संगीतकार तथा संगीत संयोजकशिलाबहादुर मोक्तानले संगीत संयोजन गरेको सो गीतमा रमेश कडरीयाले संगीत भरेका छन । डेढ दर्जन बढी गीतहरु बजारमाल्याईसकेकागीतकार शिक्षकओमनाथआफ्नो गीतीयात्राकापथप्रर्दशकभने बद्रीप्रसाद सुवेदीभएको बताउँछन ।
ओमनाथकागीतहरुमापनिप्रायःजसो रमेश कडरियाले संगीत भरेका छन । उनका यसअघिका गीतहरुमा रामकृष्ण ढकालको स्वरमा‘मान्छेहरु हल्ला गर्छन’,अन्जु पन्तको आवाजमा‘तिम्रो आँखामाआँसु’, मेलिना राईको आवाजमा‘सबै थोक छ जीन्दगीमा’, प्रविशाअधिकारीको स्वरमा‘जीवनबर्खे पहिरो भयो ’, सिमान्त सन्तोषको आवाजमा‘रहन्छ जहिलेसम्म’, सिमान्त र सारिका घिमिरेको स्वरमा रहेको ‘कसमकसम’ र तिलक कट्टेलको आवाजमा‘तिमी रहेमात्र’बोलको गीतश्रोतासामु पस्किसकेका छन् ।
वियोगान्तगीत लेख्न न पराउने गीत्कार ओमनाथका अरु गीतहरुमाहस्त परियारको स्वर तथा संगीतमा‘बाँचु भने कोही छैन’, सिमान्त सन्तोषको स्वर तथा संगीतमा‘छुटाई गयौ किनकुन्नी’, राजकुमार बगरको संगीत र सिमान्तको स्वरमा रहेकागीतहरुबजारमाआइसकेका छन् भने मोहन मगरको संगीत रहेको ‘हामी सानाकोपिलाहौँ’बोलको वालगीत र ‘ओठभरी मुस्कान देखेँ’ लगायत एक दर्जनभन्दा बढी गीत निकट भविष्यमै श्रोतासामुआउने तयारीमारहेको छ ।
शिक्षण पेशा र गीत लेखन यात्रालाई संगसंगै लगिरहेकाओमनाथकाथुप्रै कविताहरु प्निविभिन्नपत्रपत्रिकामा छापिइरहेका छन ।