जिल्लास्तरीय उपशाखा गोष्ठी सम्पन्न

287

 

नगरकोट,
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको आयोजनामा जिल्लास्तरीय उपशाखा गोष्ठी नगरकोटमा सम्पन्न भएको छ । जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरु, १७ वटा उपशाखाका सभापति तथा पदाधिकारीहरु र जिल्ला शाखाका कर्मचारीहरु गरी २९ जनाको सहभागिता रहेको गोष्ठीमा उपशाखाहरुले २०७४ चैत्र मसान्त सम्म संचालित गतिविधिहरु सहित गतिविधिहरु संचालन गर्दा भोगेका समस्या र चुनौतीहरु, समाधानका उपाय र जिल्ला शाखाबाट अपेक्षा गरेका सहयोगको क्षेत्रहरुको बारेमा प्रस्तुती गरिएको थियो ।
गोष्ठीको समापनमा बोल्नुहुदै जिल्ला शाखाका सभापति एवं केन्द्रीय सदस्य मनोजकुमार थापाले भक्तपुर जिल्ला शाखाले संस्थागत विकास तर्फ भवन निर्माणको लागि २ लाख, एम्बुलेन्स संचालनको लागि २ लाख सहयोग गर्दै आएकोमा बार्षिक रुपमा संचालन गरीने गतिविधिको लागि २१ वटै उपशाखालाई बार्षिक १० हजार रुपैयासम्म सहयोग गर्दै आएको बताउनुभयो । उहाँले रेडक्रस अभियानलाई अगाडी बढाउने क्रममा जिल्ला शाखा, उपशाखा तथा जुनियर रेडक्रस सर्कलको उत्तिकै महत्व भएकोलेनै रेडक्रसमा सबैको सम्मान बराबर हुने बताउनुभयो ।
गोष्ठीमा बोल्नुहुदै जिल्ला शाखाका मन्त्री परशुराम पाण्डेले वार्षिक रुपमा संचालन गरिने उपशाखा गोष्ठी मार्फत उपशाखाले संचालन गरेका गतिविधिहरुको बारेमा जानकारी गराउने हुनाले यस प्रकारको गोष्ठीको आयोजनाले अन्य उपशाखालाई सक्रिय हुन प्रोत्साहित गर्ने बताउनुभयो । गोष्ठीमा जिल्ला शाखाका कोषाध्यक्ष प्रदिप कुमार के.सी, जिल्ला सदस्यहरु धर्मराज कार्की, सुरज मिश्र र रामकुमार बस्नेतले पनि मन्तब्य राख्नु भएको थियो । जिल्ला शाखामा संचालित भूकम्प प्रतिकार्य कार्यक्रम र उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रमका जिल्ला कार्यक्रम संयोजकहरु क्षितिज आचार्य र दिनेश थापाले परियोजनाको बारेमा उठेका जिज्ञाशाको बारेमा स्पष्ट पार्नुभएको थियो ।