टिकट बुकिङ मंगलबारबाट खुल्ने, सरकारले भाडा बढेको जानकारी गराएपछि व्यवसायी बुकिङ खोल्न तयार  :: BIZMANDU

220


काठमाडौं। दशैंका लागि बसको  अग्रिम टिकट बुकिङ मंगलबारबाट खुल्ने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले असोज ९ गते मंगलबारदेखि बुकिङ खोल्ने निर्णय गरेको हो।

यसअघि भदौ ३१ गते बसेको बैठकले सरकार र यातायात व्यवसायीका बीचमा ५ गते नै बुकिङ खोल्ने सहमति भएको थियो। तर सरकारले पेट्रोलियमम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै बुकिङ खोल्न व्यवसायीले मानेनन्।

व्यवसायीले टिकटको बुकिङ खोल्न नमानेपछि सरकारले १० प्रतिशत भाडा बढाउने निर्णय गरेको थियो। सवारी साधनको भाडा १० प्रतिशत बढ्ने भएसँगै सोमबार बैठक बसेर व्यवसायीहरुले टिकट खोल्ने निर्णय गरेका हुन्। 

महासंघका महासचिव सरोज सिटौलाले यातायात व्यवस्था विभागले भाडा समायोजनको पत्र पठाएकाले टिकट बुकिङ खोल्ने निर्णय गरेको जानकारी दिए। ‘विभागबाट भाडा समायोजनको औपचारिक पत्र पाएका छौ, भोलीबाट टिकट खुल्छ,’ उनले भने।




टिकट बुकिङ मंगलबारबाट खुल्ने, सरकारले भाडा बढेको जानकारी गराएपछि व्यवसायी बुकिङ खोल्न तयार  को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

Source link