ट्रिटन र करियरमा स्विस स्वास्थयकर्मी

231

 

काठमाडौं । स्विट्जरल्याण्डको युनिभर्सिटि अफ एप्लाइड साइन्सेजमा आवद्ध स्वास्थ्यकर्मी टोलीले पेप्सीकोला, टाउनप्लानिङ्गस्थित करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमीका विद्यार्थीहरुको विद्यालयमै आएर स्वास्थ्य जाँच गरेका छन् ।

विद्यालयका शैक्षिक प्रमुख दिपेन्द्र श्रेष्ठका अनुसार युनिभर्सिटि अफ एप्लाइड साइन्सेज टि, निकिता र सराह नामका तीनजना स्वास्थ्यकर्मीले करियरका विद्यार्थीहरुको उचाई, मुटुको धड्कन, रक्तचाप, दाँत, आँखा तथा साधारण स्वास्थ्य परिक्षण गरेका थिए । स्वास्थ्य जाँचपछि कुनैपनि विद्यार्थी थप परिक्षणको लागि चिकित्सक कहाँ जानुपर्ने खालको कुनै रोग नभेटिएको पनि शैक्षिक प्रमुख श्रेष्ठले बताए ।

भोलुन्टर सोसाइटी अफ नेपाल (भिएसएन) मार्फत नेपाल आएका युनिभर्सिटि अफ एप्लाइड साइन्सेजका ति स्वास्थ्यकर्मीको टोलीले मंगलबार सुविधानगर तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कूलका विद्यार्थीहरुको पनि स्वास्थ्य परिक्षण गरे ।

उनीहरुले युकेजीदेखि १० कक्षासम्मका विद्यार्थीको स्वास्थ्य जाँच गरी १० कक्षाका विद्यार्थीलाई पढाईको तनाव नलिन र जंक फुडहरु नखान सुझाएका थिए ।

विद्यालयका निर्देशक राजन सुवेदीका अनुसार स्वास्थ्य परिक्षण ठुलो कुरा नभएतापनि विद्यार्थीहरुले विदेशी चिकित्सकका सामु आफ्नो समस्या कसरी भन्ने कुरा व्यवहारिक रुपमा सिक्न पाएको बताए ।

यसअघि स्वास्थ्यकर्मी टोलीलाई विद्यालयको १० कक्षाका विद्यार्थीहरुले खादा र टिका लगाएर विद्यालयमा स्वागत गरेका थिए ।