काठमाडौं ।
प्रधानन्यायधिश गोपाल पराजुलीले १० दिनभित्र राजिनामा नदिए उनीमाथि महाअभियोग लगाउन र चिकित्सा शिक्षासम्वन्धी न्यायीक जाँचबुझ आयोगले दोषि ठहर गरेकालाई कारवाहीको लागि सरकारलाई दवाव दिन डा. गोविन्द केसीले २९ फागुनदेखि फेरी अनसन बस्ने घोषणा गरेका छन् ।
चिकित्सा शिक्षा क्षेत्रको सुधारको लागि विभिन्न माग राख्दै यसअघि पनि पटकपटक अनसन बस्दै आएका त्रिविवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा.केसीले केहीदिन अघि आफ्नो शैक्षिक प्रमाणपत्र र नागरिकतामा भएको उमेर ‘प्राविधिक त्रुटी’ भएको बतँएका छन भने प्रधानन्यायधिश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रमा भएका फरक फरक जन्ममितिमाथि छानवीन गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।







































