तनहुँ–१ र २ मा कांग्रेसले गोबिन्द भट्टराई र शंकर भण्डारीलाई उम्मेदवार बनायो

0

 

तनहुँ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ।

कांग्रेस संसदीय बोर्डले सोमबार बसेको बैठकले तनहुँ–१ बाट गोबिन्द भट्टराई र तनहुँ–२ बाट शंकर भण्डारीलाई टिकट दिने निर्णय गरेको हो।

उनीहरू दुवै निवर्तमान केन्द्रीय सदस्य हुन्। संसदीय बोर्डले अन्य क्षेत्रमा पनि उम्मेदवार टुंगो लगाउने प्रक्रियामा रहेको बताइएको छ।