तरुण दल भक्तपुरको अध्यक्षमा थापा

868

भक्तपुर: नेपाली कांग्रेसको भातृ संगठन तरुण दल भक्तपुरको अधिबेसन सम्पन्न भएको छ।

अधिबेसनबाट तरुण दल भक्तपुरको अध्यक्षमा राजु थापा निर्बिरोध निर्बाचित भएका छन्।

सूर्यबिनायक नगरपालिका५ कटुञ्जे निबासी थापा २०४३ साल देखि नेपाली कांग्रेसको राजनीति सुरु गरेका हुन्।

२०४३ सालमा नेपाल ल क्याम्पस नेबि संघ ईकाइ समिति सदस्य समेत रहेका थापा विभिन्न अान्दोलनमा सहभागी हुनुको साथै विभिन्न समिति र संघ सस्थामा रहेर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहदै अाएका छन्।

निर्बाचित भएपछि अध्यक्ष थापाले सबै साथीहरूलाई समेटेर लैजाने बताए।

उनले केही साथीहरूमा असन्तुष्टि हुन सक्छ,छलफलको माध्यमबाट समाधान गरिने जानकारी दिए।