Home निर्वाचन तामाङ एकताको प्रतिक मिरिक सम्मेलन हुनु पर्छ : महासचिव मोहित कुमार
भारतको मिरिकमा हुन लागेको चौंथो अन्तराष्ट्रिय तामाङ सम्मेलन सम्वन्धमा नेपाल तामाङ घेदुङका महासचिव मोहित कुमार तामाङसँग संवाहक डटकमले गरेको कुराकानी ।
चौंथो अन्तराष्ट्रिय सम्मेलन मिरकका आउँदै छ कस्तो रहेको छ तयारी ?
सर्व प्रथम त मेरा केहि कुरा राख्नु दिनु भएकोमा धन्यबाद । भारतको मिरिकमा हुन लागेको अन्तराष्ट्रिय सम्मेलनको कुरा गर्दा नेपाल तामाङ घेदुङ यो फोरम तयार पार्ने एक मुख्य कारक हो ।
यसै कारण हामी यसैमा नै जुटी रहेका छौं । हाम्रो तर्फबाट यसको तयारी अन्तिम अवस्थामा पुगेको छ ।
यो कस्तो किसिमको सम्मेलन हो यसको थालनी कसरी भयो त ?
यो तामाङ हरुको अन्तराष्ट्रिय फोरम हो । यसलाई तामाङ परिषद आईटीसी भनिन्छ । यसले २००२ मा ७ देशका अन्ताराष्ट्रिय जगतमा भएका तामाङ भेला गरि यसको सुरुवात गरियको हो । जसलाई लुज फोरमका रुपमा लिईयो । जुन फोरममा विश्वभरका तामाङहरुको समस्या र समस्या समाधानकालागि कुराकानी थालनी गरेको थियो । पहिलो सम्मेलन २००२ मा नेपालमा सकेको यस फोरमले २००५ मा दार्जलिङमा दोस्रो सम्मेलन गर्यो ।
जुन सम्मेलनको तीन मुख्य एजेण्डा रहेको थियो ।
१) २० वर्षीय आर्थिक विकास परियोजना पास भयो
२ ) तामाङहरुको संस्कार संस्कृति निर्दैशिका पास गर्यो
३) अन्तराष्ट्रिय रुपमा बसोवासका गर्ने दाजुभाईहरु अन्तराष्ट्रिय रुपमा संगठित हुने बाटो खुलाईयो ।
तेस्रो सम्मेलन २०१३ मा काठमाण्डौंमा नै भएको थियो । यसको उपलब्धीका रुपमा दोस्रो सम्मेलनबाट पास भएका कुरा अनुमोदन गर्दै । थप कुरा पहिचान सहितको तामाङसालीङ स्थापनाकालागि संसार भरका तामाङहरुको एकेवद्दता जायर गराउने नेपालमा भई आएका राजनीतिक परिर्वतलाई स्वागत गदै लैजाने काम यो सम्मेलनमा भएको थियो । यसै सम्मेलनमा वृहत शव्दकोषको पाण्डुलिपि पनि विमोचन भयको थियो । उक्त पाण्डुलिपि हाल प्रकासशनको तयारीमा रहेको छ ।
नेपाल तामाङ वृहत तामाङ शव्दकोषको लागि नेपाल तामाङ घेदुङ
अखिल भारतीय तामाङवौद्य संघ र सिक्किम तामाङ बौद्य संघको संयुक्त प्रयासमा शव्दकोष निर्माण भएको छ । जसको अभिभावको जिम्मेवारी चाँहि नेपालले गरेको थियो । यो सम्मेलन अहिले अन्तिम तयारीमा रहेको छ जसको आयोजक अखिल भारतीय तामाङ संघ छ ।
सम्मेलनमा सहभागिता कुन कुन मुलुकको हुँदै छ ?
हाल सम्मको आंकडा हेर्ने हो भने २० देश भन्दा बढिको सहभागिता हुने देखिएको छ । जसमा नेपाल, भारत, भुटान, म्यानमार, थाईल्याण्ड, मलेसिया, हंकङ, कोरिया, युके, अमेरिका, अष्टलिया, मध्य एसियामा ईजराईल, साउदी, दुवई, कतार, बहराईन, कुवेत, साईप्रस, जर्मन, पोर्चुगल, वेल्जियम लगायतका मुलुकको सहभागिता रहने पक्का भएको छ ।
यो सम्मेलनमा नेपालको सहभागित भने कस्तो रहन्छ त ?
नेपालको सन्दर्भमा भने संस्थापक सदस्य राष्ट्र नेपाल तामाङ घेदुड नै यसको संस्थापक भएकाले नेपालबाट विभिन्न संघ संस्था भाषिक धार्मिक साँस्कृतिक हिसावले यस सम्मेलनमा अलि बढि सहभागिता हुने देखिन्छ । प्रादेशिक हिसावले घेदुडको नै ३५० भन्दा बढि सहभागित हुन्छ भने अन्य सवै गर्दा ५५० जना जतिको अनुमान गरिएको छ । आयोजकबाट भने ५०० जनाको माग भएको छ ।
अव पछिल्ला सम्मेलन बाट पाठ सिक्दै अवको सम्मेलमा तामाङले के हाँसिल गर्ने त ?
अव यो सम्मेलनबाट तामाङहरुले के हाँसिल गर्ने त भन्दा । प्रथमत एक जुट हुन नै सिक्नु पर्यो । अर्को कुरा भनेको यसलाई एक कुम्भ मेलाको रुपमा लियर यसबाट आर्थिक राजनीतिक एवं सांस्कृतिक भाषिक अधिकार एवं उन्नततिको लागि पहिलो देखिको पारित भएको नितीगत कार्यक्रमहरु घोषणापत्रका कार्यान्वयन गराउने काम हुनु पर्दछ भन्ने लाग्छ ।
दोस्रो लुज फोरमका रुपमा हुदै आएको यो भेलालाई फोरमका रुपमा विकास गर्ने ।
पछिल्लो क्रममा जाहाँ बसोबास गरेपनि नेपाल नै उनीहरुको बसोबासको थलो भएकाले यस क्षेत्र तामाङसलिङ क्षेत्र माग गर्ने ।
एतिहाँसिक थाक थलोमा विकास गर्न शैक्षिक राजनितिक आर्थिक धार्मिक सास्कृतिक पछिल्लो क्रममा धर्म परिर्वतनको क्रम बढेको छ यसलाई रोक्न आफनो पहिचान झल्कने किसिमको काम गर्नु पर्ने योजान यो सम्मेलनबाट बनाउनु जरुरत रहेको छ ।
सुखि नेपाली, खुसि सहितको समृद्द नेपालको लागि हातमा हात गर्न सरकालाई सकारात्म दवाव दिनको निमित्त पनि यो सम्मेलनले केहि गर्ला भन्ने योजना रहेको छ । भुमण्डलिकरणको समस्या ,वातावारण सम्वन्धमा, शैक्षिक ,आर्थिक हिसावमा पनि हामीहरुको सहभागिता एवं विकासका लागि वातावरण निर्माणमा पहल यो सम्मेलबाट हुने अपेक्ष रहेको छ ।
यो सम्मेलनलाई जहिले पनि लुज फोरमका रुपमा प्रयोग गर्दै आउनु भएको छ अव स्थाईत्वको लागि केहि सोच्नु भएको छ ?
हो यो फोरमलाई हाल सम्म लुज फोरमका रुपमा नै प्रयोगमा ल्याउँदै चौंथो सम्मेलन सम्म पुगेका छौं । आज सम्म भएका सम्मेलनबाट पाठ सिक्दै अन्तराष्ट्रिय तामाङ परिषदलाई कार्यरुपमा लैजाँदै स्थाई सचिवालय काठमाण्डौंमा राख्ने गरि यस सम्मेलनबाट पारित गर्ने । महासचिवलाई कार्यकारी बानाउँदै यसको विकास गर्ने लक्ष्य रहेको छ ।
तामाङहरुको जहिले पनि चाडाबाडको विषयमा समस्या हुँदै आएको छ यसको समाधानको लागि यो सम्मेलनले के गर्ने देखिन्छ ?
अहिले हामीले यहि सम्मेलनवाट तीन वटा निर्णय गर्ने निती तय भएको छौं । गत वर्ष हामीमा ल्होछार सम्बन्धमा विवाद भयो । हामीहरुकै विवादले हामीले गत वर्ष २ ल्होछार मनाउन पग्यौं । एउटा यो दुखद घटना पनि हो । साँस्कृतिक रुपमा पनि यसले गलत सन्देश गएको छ । यो हाम्रा चाडहरु चन्द्र पात्रोका रुपमा चल्ने भएकाले पनि यसमा समस्या भयो । यासको समस्याको समाधानकालागि चन्द्र पात्रो निर्माण गर्ने कामको थालनी भएको छ । जसमा संयोजाक खेन्पा सोनाम ग्यूर्मे तामाङलाई तोकिएको छ । उहाँ खगोले सास्त्री पनि हुनु हुन्छ । यो सम्मेलबाट यो चन्द्र पात्रो अनुमोदन गर्न सकियो भने एउटै पात्रो हुन्छ र हाम्रो मतभेद पनि अन्त हुने देखिन्छ ।
यसैले हामीले यसलाई मञ्जूश्री पात्रोका रुपमा विकास गर्दै यसलाई नेपाल सरकारलाई मञ्जूश्री पात्रोको अनुमोदन गर्ने पक्रियामा जान यो सम्मेलनले मार्ग निर्देश गर्ने हामीले अपेक्षा गरेका छौं ।
मञ्जुश्री पात्रा आउँदैमा कसरी यो समस्या समाधान हुन्छ र ?
यो पात्रा सम्मेलनमा अनुमोदन भएमा पात्रो सरकारी निकायमा दर्ता गर्ने थियौं । यसको फल स्वरुप नेपाल संवतको पात्रो जस्तै पँञ्चाङ्ग समितिमा मञ्जुश्री पात्रो पनि स्वत जाने थियो । यसो भएमा नेपाल सरकारले प्रकासन गर्ने पात्रामा नै यो पनि उल्लेख हुन्छ । अनी त समस्या समाधान भई हाल्यो नी । लामा गुरुहरुले तिव्वतको पात्रो नै यहाँ पनि चलाउनु हुन्छ यो वैज्ञानिक रुपमा देखियन यसले गर्दा मञ्जुश्री पात्रो ल्याउनुको विकल्प छैन् । यो हाम्रो साँस्कृति रक्षार्थ एक खुडकिलो सावित हुने हामीले लियका छौं ।
साँस्कृतिक लिपीको सम्वन्धमा विवाद समाधानमा यो सम्मेलनले केहि मार्ग निर्दैश गर्ला त ?
संस्थागत रुपमा भने लिपीको सम्वन्धमा कसैको पनि विवाद छैन । तर लिपीको विवाल भने केहि ब्यक्तिको रहेको छ । यसमा उनीहरु लागी पनि परेका छन् ।
हाल हामीले मान्दै आएको लिपी उछेन,उमे, हुँदै सम्वोटा भनी चिनिन्छ तर यही लिपीको नाम चाँही फरक फरक देशमा फरक नाममा चिनिन्छ भुटानमा जोन्खा भाषाको निमित्त उनीहरुले यहि लिपिलाई जोहिक लिपीका रुपमा विकास गरेका छन् । सिक्कीममा लेप्चाहरुले लोहिक भन्छन् ।
यसै गरि हामी तामाङहरुले लिपिको अवाश्यकतालाई लिएर महिसुर विश्व विद्यालयमा एक हप्ता लामो भाषा विज्ञहरुको गोष्ठीबाट साम्वोटा लिपीकै २५ वटा लिपीलाई प्रयोग गर्ने र विकसीत हुँदै जाँदा परिर्माजन गर्न सहमति अनुमोदन गर्दै तामइक लिपीका रुपमा काम भएको छ । हामी यसैलाई शव्दकोषका रुपमा लागु गर्न लागेका छौं । गोरखापत्रामा पनि प्रत्यक महिना ताम्हीक लिपीमा नै हाम्रा समाचार हरु छापिने गरेको छ यसले गर्दा सरकारी तवरमा पनि यो लिपी भएकाले यसलाई नै निरन्तरता दिन हामी यो सम्मेलनमा पहल कदमी चाल्दै छौं ।
चौंथो सम्मेलन सम्म पुग्नु भयो तर किन भारत र नेपालमा मात्र त ?
हामीलाई भारत र नेपालमा भन्दा बाहेकका देशमा सम्मेलन गर्न कठिनाइ छ हाम्रो बसोबासको क्षेत्र पनि नेपाल देखि आसाम सम्म बसोबासको रेञ्ज विकास भएको छ । बढि तामाङ बस्ने पनि यहिँ अनी सहभागिताकालागि सहज भएकाले हो । भिजाको समस्या नहुने तथा कम खर्चिलो हुने भएकाले पनि नेपाल र भारतमा हाल सम्म सम्मेलन भएका हुन् ।
तेस्रो राष्ट्रहरुले पनि आयोजनाको माग गरेको थियो तर आर्थिक पहुँचले पनि त्यहाँ पुग्न गारो भएका कारण पनि सम्मेलन यही गर्न बाध्यता भएको हो । पाँचौ,ं छैठौ सम्मेलन भने हेरौं बर्मा, थाईल्याण्डा अमेरिका वा बेलायत मध्य कहि गर्न पहल कदमी चाल्ने तरखरमा छौं ।
अन्तमा के भन्न चाहनुहुन्छ ?
अहिले हामी संसार भरका तामाङ एक भएर हाम्रो उत्पीडनको कारण कारक तत्वहरु विचको निष्कर्षमा पुग्ने एउटा एतिहासिक सम्मेलनमा जाँदै छौं । हामीले हाम्रो मात्र स्वर्थ राख्दैनौं हामी नेपालवाट नै संसारमा तामाड छरियर रहेकाले तामाङ जुन सुकै मुलुकमा पुगे पनि हामी नेपाल र नेपालीहरुको विकास हुनु पर्छ भन्ने विषयमा चिन्तीत छौ । नेपाल र नेपालीहको विकासका निमित्त लाग्ने छौ । हामी तामाङहरुले उत्पीडनको कारण कतिपय सन्दर्भमा अन्य समूदायलाई शासक जातीहरुलाई गाली गलौच गरि रहको छौ यो एक आक्रोस मात्र हो । हामी सवैलाई समान मान्ने संस्कारबाट आएका समूदायका कारण हामी सौहार्दता नै चहान्छौं सवैको समृद्दी सँगै तामाङहरुको खुसि सहितको सुखि र समृद्द नेपाल चाहन्छौं ।
Related