तीन किलो चरेस सहित एम्वुलेन्स चालक पक्राउ

67

धनगडी — बझाङको रायल प्राथमिक स्वास्थ्य चौकी देउराको सुपप्र ०१००१ झ ०५४२ नम्बरको एम्बुलेन्समा करिब तीन किलो चरेस भेटिएको छ ।

धनगढीमा सोमबार उक्त एम्बुलेन्स चेक गर्दा क्रममा चरेस भेटिएको कैलाली प्रहरीले जनाएको छ ।

प्रहरीले चालक बझाङको केदारस्युँ गाउँपालिका ३ का ३७ वर्षीय रामबहादुर खातीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।

खातीमाथि थप अनुसन्धान भइरहेको चन्दले बताए ।