
काठमाडौं । हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान भन्ने मुल नाराका साथ तेस्रो चलचित्र महोत्सब आयोजना हुने भएको छ ।
तामाङ चलचित्र संघले पत्रकार सम्मेलन गर्दै आगामी चैत २९ देखि ७६ बैशाख १ गते सम्म काभ्रेपलाञ्चोक जिल्लाको भकुण्डेमा चलचित्र महोत्सब हुने जानकारी दिएको हो ।
काभ्रेको नमोबुद्द नगरपालिका वडा न ७ भकुण्डेमा तेस्रो तामाङ चलचित्र महोत्सव भब्यताका साथ सम्पन्न गर्न आयोजित पत्रकार सम्मेलनमा तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले महोत्सवले चलचित्र विकासमा कोशे ढुंगाको काम गर्ने बताउनुभयो ।
सम्मेलनमा ५ चलचित्र प्रर्दशनी गरिने जानकरी दिदै उहाँले २०७० साल पछि निर्माण भएका तर प्रर्दशनीमा नआएका डिजिटल प्रविधिमा बनेका चलचित्रहरु देखाईने जानकरी दिनुभयो । उहाँक अनुसार सम्मेलनमा ५ चलचित्र अलग विषय वस्तुका हुने समेत जानकरी दिनुभयो ।
हामीले चलचित्र छान्नको लागि टिम नै बनाएका छौं उनीहरुले प्रर्दशनीमा नआएका चलचित्र मध्य विभिन्न विद्यामा निर्माण भएका ५ चलचित्र छनोट गर्नु हुने छ त्यही आधारमा उत्कृष्ठ एक चलचित्रलाई सम्मेलनमा नगद सहित पुरस्कृत समेत गरिने थोकरले बताउनुभयो ।
साथै पत्रकार सम्मेलनमा महोत्सवमा तम्बा, बोन्बो, लामा प्रदर्शन, तामाङ चलचित्रको सिडी भि.सि.डि. प्रदर्शन, राष्ट्रिय ख्याती प्राप्त कलाकारहरूद्वारा साँस्कृतिक प्रस्तुती, तामाङ पहिचान झल्कने स्टलहरू, बुद्दचित्त माला प्रदर्शन, तामाङ मौलिक खाना,तामाङ ड्रेस प्रदर्शन समेत हुने जानकारी दिईएको थियो ।
सम्मेलनमा आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले उक्त सम्मेलनले आदिवासी चलचित्रहरु प्रर्वद्दनमा ठुलो टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभएको थियो । उहाँले चलचित्र महोत्वसवको शुभकामना दिदै उक्त महोत्वसले तामाङ चलचित्रमा अझ निखार आउने विश्वास समेत ब्यक्त गर्नुभएको थियो ।

पत्रकार सम्मेलनमा तामाङ कलाकारहरुको हितका लागि निर्माण हुन् लागेको तामाङ चलचित्र कर्मी कल्याणकारी कोषको लागि नेपाल राष्ट्रिय तामाङ घेदुङ्घका महासचिव प्रविन गोलेले नगद रू २०,००० सहयोग प्रदान गर्नु भएको थियो । साथै उहाँले चलचित्रका माध्यमबाट तामाङ संस्कृति परम्परा अनी बिभिन्न स्थानको भेष भुषा परम्पराको रक्षा एवं अर्को समुदायको विच आदन प्रदान भई रहको बताउँदै यसको निरन्तरताको लागि आफूहरु कलाकारहरुलाई अझ सहयोग गर्न प्रतिवद्द भएको समेत बताउनुभयो ।
पहिलो र दोस्रो तामाङ चलचित्र महोत्वस भने मकवानपुरको हेटौंडामा भएको थियो ।
Related