दशनामी भक्तपुर जिल्ला शाखामा मनोज गिरी, युवामा गोकुल वन विजयी

585

भक्तपुर । दशनामीको हक हितका खातिर काम गर्दै आएको नेपाल दशनामी समाज भक्तपुर शाखाका अध्यक्षमा मनोज गिरी विजयी हुनु भएको छ । उहाँको नेतृत्वमा ११ सदस्य कार्यसमिति समेत बनेको छ । जसमा अध्यक्षमा मनोज गिरी
उपाध्यक्ष्मा मोहन गिरी, महिला उपाध्यक्ष विना गिरी,
सचिव राजकुमार वन, सह सचिव दिपकराज गिरी
कोषाध्यक्ष इन्द्र कुमार पुरी, सदस्यहरुमा केदार गिरी , राजु गिरी , नवराज गिरी, रामचन्द्र गिरी, श्याम कृष्ण गिरी रहनु भएको छ ।
दशनामी समाजको दोस्रो अभिवेशनवाट उहाँहरु निर्वाचित हुनु भएको हो ।
यस्तै दशनामी युवा समाजका पहिलो भक्तपुर अध्यक्ष भने गोकुल बन हुनु भएको छ । उहाँको नेतृत्वमा ७ सदस्य कार्यसमिति निर्माण भएको हो ।


जसमा अध्यक्षमा स्वयम गोकुल बन हुनुहुन्छ भने उपाध्यक्ष रमेश गिरी , सचिव सञ्जीब पुरी, कोषाध्यक्षमा दिप गिरी , सदस्यहरुमा रोमन गिरी , सविन गिरी , र……….रहनुभएको छ ।
नेपाल दशनामी समाजका केन्द्रिय अध्यक्ष रञ्जन कुमार गिरीको प्रमुख आतिथ्तामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेशको अध्यक्ष ससिकुमार गिरी ,केन्द्रिय कोषध्यक्ष धुर्व गिरी, सल्लाहाकार एवं अधिवक्ता बाबुराम गिरी लगायतका अतिथिको उपस्थिती रहेको थियो ।
दशनामी अन्र्तगत गिरी, पर्वत, सागर, पुरी, भारती, सरस्वती, वन,आरण्य, तिर्थ र आश्रम पर्दछन् ।