नेपालगन्ज– दाइजो कम ल्याएको निहुँमा आफ्नै श्रीमान् र परिवारका सदस्यबाट जीउँदै जलाइएकी थिएन् नेपालगन्जकी २२ वर्षीया हास्रुन इद्रिसी। विवाह भएकाे ३ वर्षपछि रंगीन टेलिभिजन र ५० हजार रुपैयाँ दाइजाे नल्याएकाे भन्दै जलाइएकाे थियाे हास्रुनलाई।२०६४ साल कात्तिक २० गते हास्रुनलाई श्रीमान्, सासु र नन्दले मट्टितेल खन्याएर अागाे लगाए। अाधा शरीर जलेकी हास्रुनको उपचारका लागि छिमेकी र आफन्तहले हारगुहार गरे। मृत्युसँग जुधिरहेकी हास्रुनलाई नेपालगन्जको भेरी अञ्चल अस्पतालमा भर्ना गरियो।
Source link







































