नवजात शिशुको बीमा सरकारले गर्ने, ८ सहजकर्ता नियुक्त

260

जनकपुरधाम : प्रदेश नं. २ को आठवटै जिल्लाको नवजात शिशुको जीवन-बीमा सरकारले गर्ने भएको छ। प्रदेश २ सरकारले आठवटै जिल्लाको १ सय ३६ स्थानीय तहमा जन्मेका शिशुको जीवन बीमा गर्ने भएको हो।

प्रदेश २ सरकारको मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाऊ’ अभियान अन्तर्गत माघ १ गतेदेखि जन्मिएका प्रत्येक नवजात शिशुको जीवन-बीमा गरिदिने भएको मुख्यमन्त्रीले पत्रकार सम्मेलनमा मार्फत जानकारी दिएका छन्। प्रदेश २ को ८ वटै जिल्लाको गाउँपालिका, नगरपालिका, उप–महानगरपालिका र महानगरपालिका गरी १ सय ३६ वटा स्थानीय तहको सबै वडाका हरेक शिशुलाई जन्मिएपछि बीमा गरिदिने जनाएको छ।    

तराईमा छोरीलाई गर्भमै ‘भ्रुण हत्या’ गरी जन्मिनुवाटै रोक्ने कु–प्रथाको अन्त्य गरी छोरी भएर जन्मिन पाउने प्राकृतिक अधिकार प्रत्याभूती दिलाउन जीवन-बीमा गरिदिन लागेको मुख्यमन्त्रीले पत्रकार सम्मेलनमा मार्फत जानकारी दिएका छन्। मूख्यमन्त्री लालबाबु राउतले “बेटी बचाउ, बेटी पढाउ” नीति तथा कार्यक्रमअन्तर्गत प्रदेश २ को ८ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहत र पर्साको १ सय ३६ वटै स्थानीय तहको सबै वडामा जन्मिने नवजात शिशुको नाममा जीवन-बीमा गरिदिन लागेको बताए। उनले भने, ‘यहाँ वेटी शिशुले जन्मिनै पाउँदैनन्, कैंयौंको गर्भमै हत्या हुन्छ, त्यसलाई रोक्न कम्तिमा नवजात शिशुले जन्मिन पाउन्, र त्यसपछि हुर्किसक्दा उनको नाममा बैंक बचत हुन्छ। जसले बेटीलाई कसैले बोझ बुझ्दैनन र हुर्काउन पढाउन सहज हुने विश्वासका साथ सरकारले यो कार्यक्रम ल्याएको छ।’

प्रदेश २ सरकारले घोषणा गरेको ‘बेटी बचाउ, बेटी पढाउ’ नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै पहिलो चरणमा माघ १ गतेदेखि जन्मिने हरेक शिशुको नाममा एक लाख २५ हजार रुपैयाँ बराबरको बीमा गरिदिन लागेको मुख्यमन्त्री राउतले बताए। उनले बीमाको रकम शिशु २० भएर नागरिकता प्रमाण–पत्र प्राप्त गरेपछि बैंकमा खाता खोलेर उसैको नाममा जम्मा गरिदिने व्यवस्था गर्न लागेको बताए।

उनले भने, ‘बीमा योजना कार्यन्वयन भएपछि नवजात शिशु जन्मिने वित्तिकै लखपति हुन्छन्। शिशु हुर्किएपछि पठन–पाठनको लागि खर्चको अभाव हुदैन।’ उनले पहिलो चरणमा ८ जिल्लाको ८ वटा स्थानीय तहमा लागू गरको जानकारी दिँदै भने, ‘यस अघि ७ जिल्लाको एक/एक स्थानीय तहमा यो कार्यक्रम लागू थियो तर संघीय सरकारको विशेष अनुदान बजेटबाट ८ वटै जिल्लाको सबै स्थानीय तहको वडा तहसम्म, घर घरसम्म विस्तार भएको छ।

अभियानका लागि ८ सहजकर्ता नियुक्त

प्रदेश सरकारको मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई प्रभावकारी बनाउनका लागि ८ वटै जिल्लामा ८ वटा सहजकर्ता नियूक्त गरिएको छ। मुख्यमन्त्री लालबाबु राउतले पत्रकार सम्मेलनबाटै प्रत्येक जिल्लामा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई प्रभावकारी तथा सहयोगका निम्ति सहजकर्ता नियुक्त गरेको जानकारी दिए।

सहजकर्ताका लागि पूर्व सप्तरीमा दिलकुमारी चौधरी (थारु), सिरहामा त्रिपुरा झा, धनुषामा ममता मण्डल, महोत्तरीमा निर्मला यादव, सर्लाहीमा सुनैना देवी चौधरी कलवार, रौतहटमा शोभा देवी साह कानु, बारामा निभा सिंह र पर्सामा पुष्पा पाण्डेलाई नियूक्त गरेको मुख्यमन्त्री राउतले जनाए।

Source link