ललितपुर । नेपालका लागि नवनियुक्त जापानी राजदूत मासामिची साइगो तथा उहाँकी धर्मपत्नि एरिको साइगोको स्वागतको लागि जापानमा उच्च शिक्षा हासिल गरेर फर्केका नेपाली विद्यार्थीहरुको संगठन, जापान युनिभर्सिटी स्टुडेण्टस् एशोसियसन नेपाल ‘जुआन’ ले एक कायत्र्रmमको आयोजना गर्यो ।
कार्यक्रममा ‘जुआन’ का अध्यक्ष मनोज गिरीले राजदूत दम्पत्तिलाई पाल्पाली ढाकाको टोपी र गलवन्दी लगाएर स्वागत तथा सम्मान गर्दै जुआन नेपालको लागि जापानी राजदूतावासको सहयोगी शैक्षिक संस्था भएको बताए ।
नवनियुक्त जापानी राजदूत मासामिची साइगोले नेपाल र जापानविचको शदियौं पुरानो सम्वन्धलाई आफ्नो कार्यकालमा अझ प्रगाढ र शसक्त बनाइने प्रतिवद्धता व्यक्त गर्दै यस कार्यमा जुआनले गरेको कार्यको प्रशंसा पनि गरे ।
त्यस अवसरमा राजदूत साइगोले नेपाल र जापानको सम्वन्धका बारेमा जुआनले आयोजना गरेको ‘इमानिशी खुल्ला निवन्ध प्रतियोगिता’ का विजयीलाई नगद, प्रशंसापत्र र उपहार वितरण गरे ।
जुआनले यसवर्ष आयोजना गरेको निवन्ध प्रतियोगितामा सिनीयरतर्फ प्रभा बराल तिवारी दोस्रा र डा.डमरुवल्लभ पौडेल तेस्रो भई क्रमशः ३० हजार र २० हजार नगद पुरस्कार पाए भने जुनियरतर्फ रिदम भेटवाल र अञ्जना ठाकुरले सान्त्वना पुकारस्वरुप १०।१० हजार रुपैयाँ पाएका थिए । विजयी भएका निवन्ध कार्यक्रममा वाचन गरिएको थियो ।
आयोजक जुआनका अनुसार सिनीयरतर्फ १७ र जुनियरतर्फ १२ गरि २९ जनाले भाग लिएको सो प्रतियोगितामा कसैले पनि प्रथम स्थान ल्याउन सकेनन ।
जापानको साकाई लायन्स क्लव तथा इमानिशी ट्रष्टको ४७ लाख तथा जुआनको ३ लाख गरि ५१ लाख रुपैयाको अक्षयकोषमा जुआनले २० वर्षअघि इमानिशी फेलोशिपका ट्रस्ट स्थापना गरेको हो ।
अक्षयकोषबाट प्राप्त हुने वार्षिक व्याजबाट नेपाल र जापानबीचको सम्वन्ध सुर्धान विशेष योगदान गर्ने व्यक्तिहरुलाई नगद सहित हरेक वर्ष ‘इमानिशी फेलोशिप पुरस्कार’ प्रदान गरिँदै आएको छ ।
कार्यक्रममा जापानी राजदूतावासकी प्रथम सचिव चिसाको निशितानी तथा जुआनका उपाध्यक्ष डा.प्रविन श्रेष्ठ तथा महासचिव डा.पवन भट्टराईले पनि नेपाल जापानबीचको सम्वन्धलाई सुमधुर बनाउन जुआनले पुरयाएको योगदानको चर्चा गरेका थिए ।
त्यस अवसरमा ‘हेरिटेज टुरिजम इन नेपाल एण्ड जापान’ विषयमा डा.हिमलाल घिमीरेले प्रस्तुत गरेको कार्यपत्रमाथि डा.प्रताप छत्कुलीले टिप्पणी गरेका थिए ।








































