नवपर्यटकीय गतव्य बुुढानीलकण्ठका पर्यटकीय क्षेत्र

0

काठमाडौँ । बुुढानिलकण्ठ नगरपालिकाका धार्मिक तथा पर्यटकीय क्षेत्र नव पर्यटकीय गतव्यको केन्द्र बन्दै गएको छ । नगरपालिका क्षेत्रभित्र प्रसिद्ध बुढानीलकण्ठ मन्दिर चण्डेश्वर मन्दिर, रूद्रेश्वर, भद्रकाली, पञ्चकन्या, शिव, कृष्ण, वंगलामुखी जस्ता देवदेवीका मन्दिरहरूले नगरपालिका नव पर्यटकीय गतव्यको केन्द्र बन्दै गएको छ ।
प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यः इस्कोन मन्दिर, शिवपुरी राष्ट्रिय निकुञ्ज, विष्णुद्वार धाम, कपन गुम्बा, बागद्वार, नागि गुम्बा लगायतका पर्यटकीय क्षेत्र रहेका छन् ।
बौद्धमार्गीहरूका चर्चित सार्वजनिक गुम्बा श्री डाङ्यूर झयाङ्गतेरा दाग्र्यालिङ गुम्बा, आनी गुम्बालगायत बौद्ध मठहरूले थप आकर्षण थपिएका छन् । त्यस्तै, विभिन्न धर्मालम्बीहरूका आस्थाका केन्द्रहरूसमेत
बुुढानिलकण्ठ नगरपालिकाको गरिमायलाई उचाइमा पुुर्याएको नगरपालिकका प्रमुुख मिठाराम अधिकारीले बताउनुुभयो ।
उहाँका अनुसार उक्त धार्मिक तथा पर्यटकीय क्षेत्रको आकर्षणले नगरपालिकाको नौलो आयाम थपेको बताउनुुभयो । काठमाडौँ उपत्यकाका थुप्रै धार्मिक स्थलहरूमध्ये बुढानीलकण्ठ नगरपालिका पनि महत्वपूर्ण मानिन्छ । उत्तरी भागमा शिवपुरीका फेदीमा रहेको यो स्थल शैव, वैष्णव, र बौद्ध धर्मालम्वीको आस्थाको क्षेत्र हो । आवासीय क्षेत्र धेरै रहेको यस नगरपालिकाको उत्तरतर्फ शिवपुरी पर्वत श्रृङ्खला लगायत हरियाली जङ्गल रहेको यस नगरपालिकामा भिरालो भूभाग पनि रहेको छ भने दक्षिणतर्फ समथर भूभाग रहेको र अधिकांश भूभाग बाक्लो बस्तीले ढाकेको छ । यस क्षेत्रबाट विष्णुमती, रूद्रमती, धोबीखोला, यज्ञमती, च्यानेखोला जस्ता नदीखोलाहरू बगेर गएका छन् ।
बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक अवस्थिति २७ डिग्री ४३ मिनेट १९सेकेन्ड उत्तरी अक्षांशदेखि २७ डिग्री ४८ मिनेट ५० सेकेन्ड उत्तरी अक्षांश र ८५ डिग्री २० मिनेट ९ सेकेन्ड पूर्वी देशान्तरदेखि ८५ डिग्री २३ मिनेट २८ सेकेन्ड पूर्वी देशान्तरसम्म फैलिएको छ । यस नगरपालिकाको उचाइ समुन्द्री सतहदेखि १२८९ देखि २६९९ मिटरसम्म रहेको छ भने कुल क्षेत्रफल ३४.८० वर्ग किमिमा फैलिएको छ ।