
काठमाडौं। निर्धन उत्थान लघुबित्त वित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ। गत वर्षको नाफाबाट संस्थाले करिब ४२.११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
जसमा संस्थाले २० प्रतिशत बोनस शेयर र उक्त बोनसको कर प्रयोजनसमेतका लागि २२.११ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। संस्थाको उक्त प्रस्ताव राष्ट्र बैंकाबाट स्वीकृत तथा संस्थाको साधारणसभाले पारित गर्न बाँकी छ ।
गत वर्षको तुलनामा लाभांश दर घटेको छ। संस्थाको गत वर्षकोतुलनामा चुक्ता पुँजी बढेको र नाफा सोही अनुरूप नबढेका कारण लाभांश दर घटेको हो। गत वर्ष संस्थाले ८० प्रतिशत लाभांश दिएको थियो।
अघिल्लो वर्ष संस्थाको चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेकोमा गत वर्ष बढेर एक अर्ब रुपैयाँ पुगेको छ।
अघिल्लो वर्ष ५८ करोड नाफा गरेको संस्थाको गत वर्ष नाफा ५५ करोड रुपैयाँमा खुम्चिएको छ। बैंकको प्रतिसेयर आम्दानी ५५.९२, प्रतिसेयर नेटवर्थ २२५.१० रुपैयाँ र मूल्य आम्दानी अनुपात १८.३१ रहेको छ।
निर्धन उत्थानको ४२ प्रतिशत लाभांश घोषणा, २० प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद दिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।











































