निर्वाचनका लागि नेपाल-भारत सीमा बन्द

257

वीरगञ्ज– मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बारा, पर्सा र रौतहट जिल्लाका नेपाल-भारत सीमानाका ७२ घन्टाका लागि बन्द गरिएको छ।

सोमबार राति १२ बजेदेखि बन्द हुने नाका मंसिर २१ गते राति १२ बजेदेखि खुल्नेछ।

पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सीमापारिबाट हुने आपराधिक गतिधि नियन्त्रण गर्न सीमा बन्द गरिएको बताए।