काठमाण्डौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रिको एकता कोदो र तोरीको मिश्रण जस्तै भएको संघिय समाजवादी फोरम नेपालका बरिष्ठ उपाध्यक्ष असोक राईले आरोप लगाएका छन् ।
कोदो र तोरी मिसाएर न तेल निक्लन्छ न रोटी नै बनाएर खान पिठो नै बन्छ यसैले यो बेकारको मिश्रण भएको उनको भनाई थियो ।
नेवाः तामसालिङ प्रदेश नम्वर ३ ले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले जसरी कोदो र तोरीको मिश्रणबाट केहि निक्लदैन यसै गरि अव नेकपा बाटा पनि देशको उन्नतीको बाटो नकिक्लने राईको भनाई थियो ।
उनले अवको बैकल्पिक राजनीतिक शक्ती भनेको सङ्घीय समाजवादी फोरम, नेपाल भएको बताए ।







































