‘नेपाल लोकस्टार’को पोखरा अडिसन आज  

252

‘नेपाल लोकस्टार’को पोखरा अडिसन आज  

काठमाडौं । सिङगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’को प्रि–असडिसन आज प्रदेश न. ४ मा हुँदैछ । प्रदेश नम्बर ५ पछि प्रदेश नं. ४ मा पोखरामा अडिसन हुन लागेको हो । पोखरा (जनप्रिय उच्च माध्यामिक विद्यालय)मा अडिसन हुने छ । 

यस अघि प्रदेश नम्बर ५ को बुटवलमा अडिसन भएको थियो । पोखरा अडिसनको सम्पूण तयारी पूरा भइसकेको आयोजक चाहना मिडियाका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिए । उनले उत्साहक जनक उपस्थिती हुने विश्वास व्यक्त गरे । 

‘नेपाल लोक स्टार’ले यस अघि बुटवलसँगै प्रेदेश नम्बर ६ को सुर्खेतमा र प्रदेश नम्बर ७ को कैलालीमा अडिसन सम्पन्न गरिसकेको छ । 

दुई जना म्युजिक टिचर १ जना स्थानीय लोक कला संस्कृतिसँग सम्बन्धीत व्यक्तिले प्रि–अडिसनमा आएकारुको मूल्यांकन गरेर अडिसनका लागि छनोट गर्दै आएका छन् ।  निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् ।

७ वटै प्रदेशमा हुने अडिसनबाट ३२०–४०० जना प्रतिस्पर्धीलाई काठमाडौं बोलाइने अध्यक्ष कोइरालाको भनाइ छ ।  

प्रदेश नं. १ को इटहरी (पिस जोन हाइयर सेकेण्डरी स्कुल)मा चैत ११ गते, प्रदेश नं. २ को जनकपुर (आरआरएम क्याम्पस)मा र प्रदेश नं. ३ को काठमाडौं (इङ्लिस प्रिपरेटोरी स्कुल)मा चैत २३ गते प्रि–अडिसन हुनेछ । डिजिटल अडिसन भने पुस १ गतेबाट सुरु भएको थियो ।  

‘नेपाल लोक स्टार’को मोवाइल एपबाट पनि अडिसन दिने व्यवस्था मिलाइएको छ । यसका लागि आयोजकले प्रदेश प्रदेशमा फर्म पठाइसकेको छ । देशभरका ९३ वटा एफएम स्टेशनबाट फर्म पाइने कोइरालाले जानकारी दिए । 

‘नेपाल लोक स्टार’ जेठको अन्तिम अथवा असारको पहिलो सातादेखि टेलिभिजनमा प्रशारण हुनेछ । 

अडिसनका लागि सहभागीले एक हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ । “लोक गीत गाउन सक्ने तर आर्थिक अवस्था कमजोर भएकाहरुलाई पनि हामी अवसरबाट बञ्चित गराउँदैनौँ,” कोइराला भन्छन्, “गाउँपालिकाबाट आर्थिक विपन्न भएको प्रमाण जुट्ने कागज ल्याएको अवस्थामा निःशल्क सहभागी गराउने छौँ ।”

काठमाडौंमा हुने मेगा अडिसनबाट ७०–११० जना प्रतिस्पर्धीलाई छनोट गरिने छ । मेगा अडिसन काठमाडौंमा हुनेछ । मेगा अडिसनमा चार जना निर्णायकसँगै थप एक जना अतिथी निर्णायक पनि बस्ने छन् । 

३० वटा श्रृंखला प्रशारण हुने कार्यक्रम एपीवान एचडी टेलिभिजनबाट प्रशारण हुनेछ । ३१ औं श्रृखंला फाइन हुनेछ । 

प्रतिस्पर्धी छनोटको अधिकार उत्कृष्ठ ५० सम्म निर्णायकको हात रहनेछ भने ५० देखि ३० सम्म ८० प्रतिशत निर्णायकमा र २० प्रतिशत दर्शकको भोटमा रहनेछ । ३० बाट २० सम्म ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङमा अधिकार रहने छ । 

२० बाट १० सम्म ५०/५० प्रतिशत निर्णायक र दर्शकको भोटिङमा अधिकार रहनेछ भने १० बाट फाइनलसम्म सम्पूर्ण अधिकार दर्शकको भोटमा रहने छ ।

विजेताले करसहित नगद रु ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख ९करसहित० र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ । 
 

Source link