Home खेलकुद नेपाललार्इ पराजित गर्दै भारत साफ यु-१५ च्याम्पियन
घरेलु मैदानमा नेपाललार्इ स्तब्ध पार्दै भारतले साफ यु-१५ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ।
पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा नेपाल उपविजेतामा सिमित हुनुपर्यो।
एन्फा कम्लेक्स सातदाेबाटोमा भएको खेलको ४१ अौं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै नेपालका ब्रिजेश चौधरीले सुरुवाती अग्रता दिलाएका थिए।
भारतीय खेलाडी मोरङथेम थाइवा सिंहले रञ्जन पुनलाई डी बक्स भित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियाे।
पहिलो हाफमा १-० को अग्रता लिएपनि दोस्राे हाफमा भारतले नेपाली पाेष्टमा दुर्इ गोल गर्याे।
नेपाली डिफेन्डरहरुको गल्तीको फाइदा उठाउँदै भारतले दाेस्रो हाफमा दुर्इ गोल गरेकाे थियो। ५९ अौं मिनेटमा भारतका लाल रोकिमाले गोल गर्दै बराबरीमा पुर्याएका थिए।
७५ औं मिनेटमा कप्तान विक्रम प्रताप सिंहले दुई डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरे।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा)को व्यवस्थापनमा भइरहेको प्रतियोगितामा दक्षिण एसियाका नेपाल, भारत, माल्दिभ्स, बंगलादेश, श्रीलंका र भुटानले खेलेका थिए।
Related