Home समाचार नेपाली कांग्रेस भक्तपुर महिला शाखाले तिज कार्यक्रम स्थगित गरी बाढी पीडितलाई सहयोग
भक्तपुर, नेपाली कांग्रेस महिला शाखा भक्तपुरले तिज विशेष कार्यक्रमको लागि संकलन भएको रकम बाढी पीडितलाई सहयोग गरेको छ । शाखाले तिज विशेष कार्यक्रम स्थगित गरी सो कार्यक्रमलाई संकलित ६१ हजार एकसय ५१ रुपैंया बाढी पहिरो पीडितलाई सहयोग गरेको हो ।
शाखाका संयोजक उर्मिला वनले नेपाली कांग्रेस केन्द्रीय राहत कोष मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न आइतवार पार्टी जिल्ला सभापति दुर्लभ थापालाई सो रकम हस्तान्तरण गरेको हो ।
सो अवसरमा सभापति थापाले महिला शाखाले उदाहणीय कार्य गरेको चर्चा गर्दै तिज पर्व महिलाहरुको विशेष पर्व भएता पनि मुलुकको विषम परिस्थितीलाई ध्यानमा राख्दै महिला संघले तिज कार्यक्रमलाई प्राथमिकता नदिई संकलित रकम बाढी पहिरो पीडितलाई सहयोग गर्नु सहनिय कार्य भएको बताउनुभयो ।
उहाँले मुलुकको विभिन्न भागका बाढी पहिरोले पु¥याएको जनधनको क्षती प्रति पार्टी गम्भिर भएको र जिल्लाका सबै वडा ईकाईमा राहत संकलन गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।
त्यसैगरी नेपाली कांग्रेस महिला शाखाकी संयोजक उर्मिला वनले देशमा आएको बाढीपहिरोले भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभयो ।
Related