नेपाली ग्यास वुलेट चलाउन दिन भारत सहमत, ५३ वुलेटलार्इ टर्मिनलसम्म मात्रै पुग्न अनुमति :: BIZMANDU

219


काठमाडौं। भारतले नेपाली नम्बर प्लेटका ग्यास वुलेट संचालनका लागि बीचको बाटो खोलेको छ।

निर्माण भइसकेका ५३ वटा वुलेटलार्इ रिफाइनरी वाहेक टर्मिनल(स्टोरेज)बाट ग्यास भर्न दिन सहमत भएको छ। एक्सप्लोसिभ कानुन अनुसार नेपाली वुलेटलार्इ रिफाइनरीमा जान दिन नमिल्ने भन्दै भारतले बीचको बाटो खोलेको हो।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादब र  भारतका पेट्रोलियम मन्त्री धमेन्द्र प्रधानबीच शुक्रबार भएको छलफलमा यो सहमति जुटेको हो। मन्त्री यादबले निर्माण भइसकेका ५३ वटा बुलेट मात्रै चल्ने पाउने जानकारी दिए।’प्रक्रिया मिलाएर बुलेट संचालन गर्न पाउने गरि सहमती भएको छ। अब प्रक्रिया अघि बढाएर नेपाली ग्यास बुलेट संचालन हुनेछ,’उनले भने।

यो सहमतिपछि इन्डियन आयल कर्पोरेशन(आइओसी)को टर्मिनल भएका स्थानमा मात्रै नेपाली वुलेटले ग्यास ल्याउन पाउनेछन्।नेपाल आयल निगमका अनुसार मथुरा र पारादीपमा मात्रै आइओसीको टर्मिनल छ।

अहिले बरौनी,पारादीप,हल्दिया र मथुराबाट ग्यास बुलेट मार्फत ल्याउने गरिएको छ। यो सहमतिपछि वुलेट बनाउने व्यवसायीलार्इ केही भएपनि राहत भएको छ। नाकाबन्दीपछि नेपाली ग्यास बुलेट राख्ने भन्दै निगमले प्रकृया अघि बढाएको थियो। तात्कालिन अर्थमन्त्री विष्णु पौडेलका पालामा नेपाली ग्यास बुलेट राख्न गाडीमा समेत भन्सार छुट दिइएको थियो।यही भन्सार छुटका आधारमा केही व्यवसायीले बुलेट बनाउन सुरु गरेका थिए।




नेपाली ग्यास वुलेट चलाउन दिन भारत सहमत, ५३ वुलेटलार्इ टर्मिनलसम्म मात्रै पुग्न अनुमति को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

Source link