
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमसेर जबरा हुन्, तर नेपालको पहिलो कागजी नोटमा उनका हस्ताक्षर छैन । पहिलो कागजीनोटमा हस्ताक्षर गर्ने जनकराज पण्डित हुन्, उनी नेपाल सर्कार सदर मुलुकी खानाका खजाञ्ची थिए । उनको पालामा ५, १० र १ सय मोरु निष्कासन भएको पाइन्छ ।
- नेपालमा पहिलो पटक वि.सं. २००२ असोज १ गते कागजी नोट प्रचलनमा आएको थियो ।
- नेपाल राष्ट्र बैंक स्थापनापूर्व तीन जना खजाञ्चीहरू जनकराज पण्डित, भरतराज पण्डित र नरेन्द्रराजका समयमा नेपाली कागजका नोटहरू जारी भएका थिए । वि.सं. २००९ मा नरेन्द्रराजको पालामा मोरु १ निष्कासन भयो ।
- २०१३ सालमा नेपाल राष्ट्र बैंक स्थापना हुनुपूर्व नेपाली नोटलाई मोरु (मोहर रुपैयाँ) भनिन्थ्यो भने यहाँ समानान्तर रूपमा भारु चल्थ्यो ।
- नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन, २०१४ आएपछि नेपालमा नेपाली मुद्राको कारोबार बढाउने नीति लिइयो भने यसलाइ २०१७ साल वैशाख १ गतेबाट देशका प्रमुख भागहरूमा लागू गरियो ।
- वि.सं. २०२६ मा पहिलो पटक १ हजार रुपैयाँको नोट निष्कासन भयो भने वि.सं. २०२८ मा ५ सय रुपैयाँको नोट निष्कासन भयो ।
- २०१७ साल वैशाख १ गते १०० भारुको विनिमयदर १६० रूपैयाँ नेपाली रूपैयाँ तोकिएको हो ।
- विदेशी विनिमय नियन्त्रण गर्ने ऐन २०१९ को २०२३ बाट पूर्ण रूपमा कार्यान्वयनपछि नेपालभर नेपाली रूपैयाँमात्र कानुनी रूपमा ग्राह्य हुने व्यवस्था भएको हो ।
- नेपाल राष्ट्र बैंकमार्फत छापिएका कागजी नोटहरू २०१६ साल फागुन ७ गतेबाट प्रचलनमा ल्याउन थालिएको हो ।
Related