बुटवल ।
नेपाल मजदुर किसान पार्टी रूपन्देहीको एक टोलीले मंगलबार रूपन्देही सीमा नजिक नेपाली भूमि डुबानमा पर्ने गरी एकतर्फी भारतले बनाएको रसियावाल खुर्दलोटन बाॅधको अवलोकन भ्रमण गर्यो ।
नेमकिपा रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीको नेतृत्वमा गएको टोलीले नेपाली सीमा क्षेत्रका जनतासॅग डुबान समस्याबारे जानकारी लिएको थियो ।
नेपाली जनताको व्यापक विरोध पछि बाटोको नाममा बनाइएको बाॅध निर्माण रोकिएको भने पनि बाटो नपुगेको ठाउॅमा भारतले अग्लो पुल बनाइ सकेको छ । पुलमा बाटो जोडेपछि थप नेपाली भूमि डुबानमा पर्ने देखिएको छ ।
सीमा क्षेत्रका जनताले नेपाली भूमि डुबान पर्नेगरी बनाइएको सो बाॅध भत्काउनु पर्ने माग गरेका छन् ।
Related