भक्तपुर । न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले भक्तपुरका उपमेयहरुलाई न्यायको तराजु हस्तान्तरण गरेको छ ।
नयाँ संविधान अन्र्तगत न्यायिक निकायका प्रमुखका रुपमा रहनु भएका उपमेयरहरुलाई समानतापुर्वक न्याय गर्न अभिप्रेरित गर्दै समाजवाद अध्ययन केन्द्र चाँगुनारायणले भक्तपुरका चारै उपमेयरहरुलाई न्यायको तराजु लगायतका सामग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर जिल्ला अदालतका प्रमुख न्याधिस भोजराज शर्माले स्थानिय स्वायक्त सासन ऐन अन्र्तगत उपमेयरहरु केवल नामका मात्र न्यायिक जिम्मेवर नभएका कारण विषेस ध्यान पुर्वक आफ्नो जिम्मेवारी बहन गर्न अग्रसर रहनु पर्ने वताउनुभयो ।
उहाँले अदालत वाट मात्र न्याय नभईकन विभिन्न किसिमका न्यायका लागि स्थानिय निकाय नै स्वयमले अर्ध न्यायिक निकायका रुपमा काम गर्नु पर्ने संविधान त भएका कारण यसमा सवै उपप्रमुखहरु जिम्मेवार हुनु पर्ने अवस्था आएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै थिमी नगरपालिकाकी उपमेयर अन्जना मधिकर्मी , सुर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेत र चाँगुनारायण नगरपालिकाकी उपमेयर विना बास्तोलाले आफुहरुले आमाले आफ्ना सन्तानलाई जसरी नै न्यायको काम गर्ने बताउनुभएको थियो ।
उहाँहरुले आफुले आफैलाई आफुहरु कानुनत नगर माताका रुपमा रहेको बताउँदै यो जिम्मेवारी आफुहरुले निपच्छ्य ढंगवाट निर्वाह गर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष दुर्गा फुयाँलले समाजवाद अध्ययन केन्द्रले विश्व न्यायिक दिवसका अवसरमा जिम्मेवार उपमेयहरुलाई न्यायको तुलो र सामग्री प्रदान गर्नु उहाँहरुको जिम्मेवारी बहन तथा कर्तव्य बोध गराउने एक संकेतका रुपमा रहेको बताउनुभयो ।
कार्यक्रममा कानुन आयोगका पुर्व अध्यक्ष बावुराजा जोशी ,पत्रकार महांसघ भक्तपुरका सभापती पुस्कर वुढाथाकी लगाएतकाको उपस्थिती रहेको थियो ।







































