पथरीशनिश्चरे वडा कपको उपाधि वडा नं. १ लाई

162

पथरी / बुद्ध युथ क्लव पथरीद्वारा आयोजित चौथो पथरीशनिशरे वडा स्तरीय फुटवल प्रतियोगितिको उपाधि साविक विजेता वडा नम्बर १ ले उचालेको छ । शनिबार भएको फाइनल खेलमा वडा नम्बर ९ लाई २—० गोल अन्तरले पराजित गर्दै वडा नम्बर १ ले उपाधि उचालेको हो । विजेता वडा नम्बर १ का लागि दोस्रो हाफमा साइमन लिम्बू र सुमन वान्तावाले गोल डगरेका थिए ।

खेल विजेता वडा नम्बरले १ नगद ५१ हजार, उपविजेता ९ ले ३१ हजार नगद, ट्रफी, प्रमाणपात्र र मेडल प्राप्त गरेको छ । फाइनल खेलको म्यान आफ द म्याच वडा नं. १ का साइमन लिम्बू, हाइ स्कोरर सुमन वान्तावा, वेष्ट गोल किपर चन्द्र लिम्बू, वेष्ट डिफेन्डर मिन धिमाल पुरस्कृति भए । वेष्ट फरवार भने वडा नम्बर ९ का खेलाडि सेनेहाङ लिम्बू पुरस्कृत भए । फागुन १७ गतेदेखि सुरु भएको खेलमा पथरीशनिशरे नगरका १० वटै टिम सहभागि भएको थियो ।

फाइलन खेल हेर्न नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट, वडा नम्बर १ का अध्यक्ष बाबुराम लिम्बू, ९ को अध्यक्ष भानुभक्त राई, वडा नम्बर २ को यामप्रसाद गुरागाईको उपस्थिति रहेको थियो । विजयी तथा उप विजेता टिमलाई पहिलो तथा दोस्रो ट्रर्फिदाता बल्मिीकि मेमोरिय स्कुल र रेड स्टार मा वि शिक्षक नवल किसोर खनाल र टि एन तिम्सीनाले पुरस्कार प्रदान गर्नु भएको थियो ।

Purbeli TV

Source link