२२ र २५ औं मिनेट गरी तीन मिनेटको अन्तरमा क्रिष्टियन स्टुआनीले गिरोनाका लागि गोल गरेपछि पहिलो हाफमाा एथ्लेटिको मड्रिड २–० ले पछि पर्यो ।
६७ औं मिनेटमा डाइभिङ गरेका कारण ग्रिजम्यानले पहिलो पहेँलो कार्ड पाए । त्यसमा विवाद गर्दा उनले दोस्रो पहेँलो कार्ड पाएर मैदान छोड्न पर्यो ।
१० खेलाडीमा सीमित भएको एथ्लेटिको मड्रिडले त्यसपछि दुई गोल गरेर खेल बराबरीमा टुंग्यायो । एथ्लेटिकोका लागि ७३ औं मिनेटमा एन्जल कोरिया र ८५ औं मिनेटमा होजे मारिया जिमेनेजले गोल गरे ।
लिग अन्तर्गत राति नै भएका खेलमा रियल सोसिडाडले सेल्टा डि भिगोलाई ३–२ ले हरायो । सेभिल्ला र इस्पानियोलले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । 

