पुर्वराजा झापा जाँदै

389

काठमाडौं ।
पुर्व राजा ज्ञानेन्द्र शाह तथा पुर्व रानी कोमल शाह केही दिनको नीजि भ्रमणको सिलसिलामा आगामी हप्ता झापा जाने भएका छन् ।
२०६२।०६३ को दोस्रो जनआन्दोलनको बलमा नेपालमा गणतन्त्र घोषणा भएपछि गणतन्त्र कार्यान्वयन गर्ने सिलसिलामा सजिलैसंग राजाको गद्धी त्यागेका पुर्वराजा ज्ञानेन्द्र यतीखेर सिरीयाको गृहयुद्धपछि चर्चामा छन ।
सिरीयामा गृहयुद्ध मच्चाउँदै सयौं केटाकेटी, महिला र सर्वसाधारणको हत्या गरेर सिरीयाका शेख (राजा) ले सत्ता लम्व्याउन खोजेको आरोप लगाउँदै सर्वसाधारण नेपाली जनताले पुर्वराजा ज्ञानेन्द्रको सत्ता त्यागको प्रशंसा गर्दै यतिखेर सामाजिक सञ्जालको भित्तामा प्रतिक्रिया दिइराखेका छन ।
उनी गत माघमा नेपालगञ्ज भ्रमणको सिलसिलामा भारतको उत्तर प्रदेश समेत गएका थिए । तथापि पुर्वको झापा हुँदै उनी भारततर्फ जाने कनै कार्यक्रम भने नरहेको बताइन्छ ।