पोथी पशु बध नगर्न उच्च अदालतको आदेश 

277

दाङको राप्ती गाउँपालिकाभित्रका मासु व्यवसायीलाई अनुमतिविना पोथी जातका पशु बध गरेर विक्री वितरण नगर्न उच्च अदालत तुलसलीपुरले आदेश जारी गरेको छ । न्यायाधीश शिवनारायण यादव तथा ईश्वरराज आचार्यको संयुक्त इजलासले राप्ती गाउँपालिकाको खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ उत्पादन, प्रशोधन तथा विक्री वितरणसम्बन्धी मापडण्ड–२०७४ अनुसार सोमबार उक्त आदेश जारी गरेको हो ।

पोथी पशु बधगरी विक्री गर्न नपाउने मापडण्डअनुसार राप्ती गाउँपालिकाले रोक लगाएपछि केही पोथी पशु बधगरी विक्री गर्ने व्यापारीले राप्ती गाउँपालिकाको कार्यालय, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, पशुसेवा केन्द्रविरुद्ध मुद्दा दायर गरेका थिए ।