प्रधानमन्त्री बालेन्द्र शाहसहित १५ मन्त्रीले लिए शपथ

0

काठमाडौँ । बालेन्द्र शाह प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभए लगत्तै मन्त्रिपरिषद्का १५ जना नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिनुभएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा रामचन्द्र पौडेल राष्ट्रपति समक्ष मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

प्रधानमन्त्री शाह नेतृत्वको मन्त्रिपरिषद्‍मा अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा सुनिल लम्साल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा विराजभक्त श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा गणेश पौडेल तथा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्रीमा सस्मित पोखरेल नियुक्त हुनुभएको छ।

त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानीमन्त्रीमा निशा मेहता, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा डा. विक्रम तिमल्सिना, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा प्रतिभा रावल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा सोविता गौतम, कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरणमन्त्रीमा गीता चौधरी, श्रम, रोजगारमन्त्रीमा दीपक साह तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा सीता वादी नियुक्त हुनुभएको छ।

नवनियुक्त मन्त्रीहरूको शपथसँगै नयाँ मन्त्रिपरिषद् औपचारिक रूपमा कार्यारम्भ भएको छ।