प्रमोद श्रेष्ठको मृत्युमा ट्राफिकले गर्यो झेल

289

भक्तपुर । फागुन १९ गते सल्लाघारी सुर्वण चोकमा दुई मोटर साईकल एक आपसमा ठोकिदा भक्तपुर नगरपालिका वडा नम्वर ५ घर भई हाल सुर्यविनायक बस्ने बर्ष २८ को प्रमोद श्रेष्ठको मृत्यु भएको भन्ने खवर बास्तवमा आएर झुट सावित भएको छ ।

बा ९२ प ४६४ नम्वरको बाईक चडेर आएका प्रमोदलाई मिनी ट्रकले ठक्कर दिएर ढलेपछि पछाडीवाट आएको बा ६१ प ४१५ नम्वरको बाईकले हानेको भनी प्रहरीले घटनाको बास्तविकता लुकाएको प्रत्यक्ष दर्शीले बताएका छन् ।

प्रत्यक्ष दर्शीका अनुसार डुक मोटरसाईकल चालक प्रमोदको घटना स्थलमा मृत्यु नै हुने गरि भएको दुर्घटनामा कुनै बाईकले हानेर नभई मिनी ट्रकले उनीलाई ठक्कर दिएको बताएका छन् ।

उनका अनुसार पछाडीवाट हानेको भन्ने बाईकमा कुनै पनि नोक्सानी भएको छैन । साथै चालक सहित उनी सँग उनको सानो नानी र श्रीमती समेत रहेका थिए यती ठुलो घटनामा उनीलाई केहि नहुने संभव नै छैन यसमा प्रहरीले झेल गरेको छ उनी बताउँछन् ।
प्रहरीले उक्त वाईकलाई नै फरार र घटनाको दोषी  करार गरि खोजी गरेपनि बास्तविक घटकलाई भने छुट दिन खोजेको घटनाको प्रकृतिले देखाउने पत्रकार महांसंघ भक्तपुरका पुर्व सभापती विकल श्रेष्ठ बताउनुहुन्छ ।

उहाँका अनुसार घटनाको प्रकृति हेर्दा र ठक्कर दिएको भनेको बाईक चालक साथै उनी सँगै रहेका बच्चा र श्रीमतीलाई कुनै चोट पटक नलागेको हुनु , प्रहरीले घटना देखि देखि पनि नदेखे झै गरि मिनी ट्रकको खोजी कार्यमा भन्दा सहज तरिकाले पछाडी आएको बाईकलाई दोषारोपर्ण गर्नु नियतपुर्ण भएको आरोप लगाउनु भएको छ ।

उहाँले ट्राफिक प्रहरीको लापरवाहिका कारण घटनाको दाषी मिनी ट्रकले उनमुक्ती पाएको बताउँदै घटनाको बास्तविकता लुकाउनुमा प्रहरीको आफ्नै चाल समेत भएको हुन् सक्ने बताउनुभयो ।

एकको आरोप अर्कोलाई थोपरेर सहज तरिकाले फाईल बन्द गर्ने र काम देखाउने माना पचाउने काम मात्र भएको आरोप समेत श्रेष्ठले लगाउनुभएको छ । उहाँले चाँडो भन्दा चाँडो घटनामा संलग्न मिनी ट्रकको खोजी गर्न समेत माग गर्नु भएको छ ।