प्रविधि चोरेको भनी अमेरिकाले लगाएको आरोप चीनद्वारा खण्डन

221

न्युयोर्क– प्रविधि चोरेको भन्ने अमेरिकी दाबीको चीनले खण्डन गरेको छ। शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी कम्पनीबाट प्रविधि चोरिरहेको भन्ने दाबीको अस्वीकार गरे।

अमेरिकाले चीनमाथि व्यापार नियन्त्रण उपायको प्रमुख मध्येको एउटा कारण प्रविधि चोरी नियन्त्रण पनि भएको बताएपछि चिनियाँ विदेशमन्त्री यीले वासिङ्टनको दाबीको खण्डन गरेका हुन्।

‘म यो कुरा प्रष्ट पार्न चाहन्छु कि चीनले विदेशी पेटेन्ट राइट्स (एकस्वाधिकार) चोरी गरेको छैन र गर्न पनि चाहँदैन,’ उनले भने, ‘न त चीनले आफ्नो प्रविधिको एकस्वाधिकारलाई लिन अरू कसैलाई नै भन्छ।’

Source link