काठमाडौं / प्रहरीलाई घुस दिन खोज्ने एक टिपर चालक पक्राउ परेका छन् ।
मंगलबार राति काठमाडौं महानगरपालिका–१४ खसीबजारस्थित सडकमा चेकिङ गर्ने क्रममा प्रहरीलाई घुस दिन खोज्ने ना ७ ख ९६८४ नम्बरका ट्रिपर चालकलाई प्रहरीले पक्राउ गरेको हो ।
जाँच गर्ने क्रममा कागजपत्र साथमा नराखी चलाएकोले प्रहरीलाई ३ सय रुपैयाँ घुस दिन लागेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।
घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।







































