भक्तपुर । चितपाेल सामुदायिक सिकाई केन्द्रकाे अायाेजनामा सातदिने व्यवसायिक बाख्रा पालन तालिम सम्पन्न भयकाे छ । सात दिन सम्म सुर्यविनायक नगरपालिका वडा नम्वर दशमा अायाेजित उक्त तालिम किसानलाई कसरी ब्यवसायिक पशुपालनमा जाेड दिने भन्दै समापन भयकाे छ ।
कार्यक्रममा उक्त वडामा वडा अध्यक्ष शिवराम राउतले अागामी दिनमा पशु पालन गर्नेहरूलाई ब्यवसायिकतामा लैजान वडाले मद्त गर्ने बताए । पशु पालन गर्नेे र कृषिमा लाग्नेकाे लागि वडाले नगरपालिकाले सहयाेग गर्दै ब्यवसायिकतामा लैजानु पर्ने उनकाे भनाई थियाे ।
यस्तै कार्यक्रममा प्रशिक्षक एवं जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक उमेशलाल प्रधानले तालिममा सिकेकाे कुरा ब्यवहारमा लागु गर्दै ब्यवसायिक पशु पालन गरि नेपालमा नै केहि गर्नु पर्नेमा जाेड दिय ।
चित्तपाेल सामुदायिक सिकाई केन्द्रका अध्यक्ष सूर्यभक्त त्वातीकाे सभापतित्वमा सम्पन्न भयकाे थियाे ।
तालिममा २५ जना प्रशिक्षार्थीलाई तालिम दिईएकाे थियाे ।









































