बारेकोट इपिसेन्टरमा राखियो भूकम्प मापनयन्त्र

53

काठमाडौं। बारेकोटमा भुकम्प मापन यन्त्र जडान गरिएको छ । गत शुक्रबार बारेकोटको रामीडाँडा केन्द्रबिन्दुभ भएर ६.४ म्याग्निच्युटको भुकम्प गएपछि केन्द्रबिन्दुको आसपास निरन्तर पराकम्प गई रहेको छ ।

पराकम्प मापन गर्न भुकम्पको केन्द्रबिन्दु आसपास बारेकोट गाउँपालिका वडा नम्वर २ रोकाय गाउँमा बुधबार भुकम्प मापन यन्त्र सिस्मोमिटर जडान गरिएको हो ।
भुकम्प पछि उक्त स्थान आसपास भएर ४६६ भन्दा बढि पराकम्प गई सकेको छ ।
पराकम्पनको वास्तविक तथ्य लिने गरी यन्त्र जडान गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले बताउनुभयो ।