काभ्रे : पनौतीको एक बिजुली पसलमा आइतबार साझ ८ बजेतिर भीषण आगलागी भएको छ।
पनौतीस्थित पुरुषोत्तम ताम्राकारको ताम्राकार हाउसमा आगलागी हुँदा २० लाख बराबरको सामान जलेर नष्ट भएको पनौती प्रहरी चौकीका इन्चार्ज शिबहरी कार्कीले बताए।
अचानक विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको भनाइ रहेको छ। आगो नियन्त्रणका लागि बनेपा नगरपालिकाको दमकल गुहारे पनि दमकल नआएपछि प्रहरी, तथा स्थानीय खटिएका कारण अन्यत्र भने कुनै क्षति हुन पाएन। आगलागीबाट पसलमा रहेका इलेक्ट्रोनिक्स सामानहरू जलेर नष्ट भएका छन्।







































