वीरगञ्ज उपमहानगरपालिका पर्सौनी वडा नम्बर २४ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ ।
प्रहरीका अनुसार बिहान ७ बजेदेखी भएको आगलागी भिषण रुपमा फैलदै गएकाले घटनास्थलसम्म पुग्न समेत कठिन भैरहेको पर्सा प्रहरी प्रमुखले जानकारी दिनुभयो । ।आगलागीमा परी कम्तीमा पनि ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको संख्या बढ्न सक्ने जानकारी दिए ।
आगो निभाउनका लागि गएको वीरगञ्ज उपमहानगरपालिकाको दमकलसमेत जलेको छ । ग्यास उद्योगभित्र कति मानिस थिए भन्ने पनि खुल्न सकेको छैन ।
ग्यास सिलिण्डर पड्किँदा २ वटा शव उछिट्टिएर बाहिर आएको प्रत्यक्षदर्शीले बताएका छन् । नेपाली सेना, नेपाल प्रहरीको टोली घटनास्थलमा छ । आगलागीको कारण खुलेको छैन ।







































