बैतडी । नेपाली कांग्रेसका नेता चतुरबहादुर चन्द आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीबाट चुनाव लड्ने भएका छन्।
सोमबार बसेको कांग्रेस संसदीय बोर्ड बैठकले उनलाई बैतडीबाट उम्मेदवार बनाउने निर्णय गरेको हो।
चन्द कांग्रेसका बैतडी जिल्ला सभापति हुन् र नेपाल क्रिकेट संघका अध्यक्ष पनि रहेका छन्।







































