भक्तपुर कमलविनायकमा विष सेवन गर्दा एकको मृत्यु

2098

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायक बस्ने एक जना पुरुषको विष सेवनबाट मृत्यु भएको छ। विष सेवनबाट भक्तपुर कमल विनायकमा रहेको गणेश मन्दिर पछाडि घर भएका ४४ को लक्ष्मीप्रसाद दिवाकरको मृत्यु भएको हो । नाम नखुलेको विषादी सेवन गरी उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

उनलाई विष सेवनपछि अशक्त भई उपचारको लागी भक्तपुर अस्पताल लगिएको थियो । विष सेवनको कारण नखुलेको प्रहरीले जनाएको छ।उनको उपचारमा उनको दाइ दिब्यप्रसाद दिवाकर संलग्न रहेकोमा उपचारको क्रममा निजको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको आज विहान अस्पतालमा मृत्यु भएको हो । उनले शनिबार बेलुकी पौने पाँच बजे विष सेवन गरेको प्रहरीले जनाएको छ।