भक्तपुर मालपोतका कर्मचारी एक लाख नगद घुसहित रंगेहात प्रक्राउ

420

भक्तपुर,
भक्तपुर मालपोतका एक कर्मचारी घुस लिँदालिँदै रंगेहात प्रक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख नगद घुसहित रंगेहात प्रक्राउ गरेको हो ।

भक्तपुर मालपोतका रजिष्ट्रेसन फाँटका देवराज काफ्लेलाई १ लाख रुपैयाँ घुस सहित प्रक्राउ गरिएको हो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका(१ को नखेलको जग्गा पास गरिसकेपछि आफ्नै कार्यालयको अन्डरग्राउन्डमा सेवाग्राहीसँग पैसा लिँदालिँदै गरिएको अख्तियारले जनाएको छ