भक्तपुर,
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्धारा संचालित उत्थानशील नगर प्रबद्र्धन र सहभागिता कार्यक्रम अन्तर्गत संचालित पैरवी प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रम अन्र्तगत गठित दलित समुहका सदस्यहरुलाई सरोकारवाला निकायहरुसंग विपद् जोखिम न्यूनीकरण तथा जिविकोपार्जन सम्बन्धित विषयमा गरिने बहस÷पैरवी क्षमता अभिवृद्धि गराउने उद्धेश्यले जेठ १४ देखि १६ गतेसम्म भक्तपुर रेडक्रसको हलमा संचालित प्रशिक्षणमा १९ जना महिलाको सहभागिता रहेको थियो ।
प्रशिक्षणमा वहस÷पैरवी परिचय, सरोकारवालाहरुको भूमिका परिदृश्यमा आधारीत, समुदायको अगुवाईमा सञ्चालित वहस÷पैरवी—नागरिक सशक्तिकरण, विपद् व्यवस्थापन चक्रको पुर्नताजगी, वहस÷पैरवीका सवालहरुको पहिचान, वहस÷पैरवीका गतिविधिको प्राथमिकरण, सरोकारवालाहरुको विश्लेषण, लक्षित सरोकारवालासग वहस÷पैरवीका कार्यहरुको लागि मागहरुको विकास, वहस÷पैरवी सम्वन्धी सन्देश सम्प्रेशण गर्न उपयुक्त मञ्चको पहिचान, वहस÷पैरवीका औजाहरु, सन्देश तयार गर्ने, कार्य योजना लगायत विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा अभ्यास गरीएको थियो ।
सहभागिहरुलाई प्रमाणपत्र विवतरण गर्नुहुदै जिल्ला शाखाका सभापति मनोजकुमार थापाले जब सम्म समुदायले अपनत्वको भावनाले हेर्दैन तबसम्म कुनै पनि संस्थाले संचालन गरेको कार्यक्रम दिगो नहुने बताउनुभयो । उहाँले पैरवी सम्बन्धि प्रशिक्षणले दलित समुदायको सरोकारवाला निकायहरु समक्ष गर्ने बहस तथा पैरवी क्षमतामा बृद्धि भएको विश्वास ब्यक्त गर्नुभयो । सभापति थापाले भक्तपुर नगरपालिका भित्र रहेका दलित समुहका अन्य सदस्यहरुलाई पनि विपद् जोखिम न्यूनीकरण लगायतका विषयमा शिप र ज्ञान आदान प्रदान गरी उत्थानशील समुदाय निर्माण तर्फ अग्रसर बनाउनको लागि ३० जनाको समुह बनाई रेडक्रले स्थानीय निकायसंग समन्वय गरी कार्यक्रम तथा गतिविधि संचालन गर्दै आएको बताउनुभयो ।
समापन कार्यक्रममा बोल्नुहदै भक्तपुर जिल्ला शाखाका मन्त्री परशुराम पाण्डेले लक्षित समुदायले विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन कार्यमा सरोकारवाला निकायहरुसंग गर्ने बहस÷पैरवी क्षमतामा अभिबृद्धि गर्न प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले कार्यक्रम अन्तर्गत लक्षित समुहलाई विपद् जोखिम न्यूनीकरण, प्राथमिक उपचार प्रशिक्षण यस अघिनै संचालन गरिएको जानकारी दिनुभयो । समापन कार्यक्रममा शाखाका कोषाध्यक्ष प्रदिप कुमार के.सी, सदस्यहरु धर्मराज कार्की र सुरज मिश्रको पनि उपस्थिती रहेको थियो ।
जिल्ला कार्यक्रम संयोजक दिनेश थापाको संयोजकत्वमा संचालित प्रशिक्षणमा धर्मराज कार्की, प्रमिला गन्धर्ब र सुजना कुशीले सहजिकरण गर्नुभएको थियो । उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रम अन्तर्गत यस प्रकारको पैरवी प्रशिक्षण मनोहरा किनारमा बसोवास गर्ने सुकुम्बासी तथा एकल महिला समुहका सदस्यहरुलाई यस अघिनै संचालन भइसकेको छ भने अन्य समुहका सदस्यहरुलाई जेठ मसान्त भित्र सम्पन्न गरिने योजना रहेकोछ ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाद्धारा बृटिश रेडक्रसको आर्थिक सहयोगमा भक्तपुर र मध्यपुर थिमी नगरपालिकामा सेप्टेम्बर २०१६ देखि अगष्ट २०२१ सम्मको लागि उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रम (Strengthening Urban Resilience and Engagement-SURE)संचालन भइरहेको छ ।







































