भक्तपुरः लामो समयदेखि सर्वसाधारणका लागि प्रवेश रोकेको पच्चपन्न झ्याले दरवार पुनः खुल्ला गरिने भएको छ ।
भक्तपुर नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै आगामी पुस २ गतेबाट सर्वसाधारण तथा विदेशी पर्यटकका लगि पुनः दरवार खुल्ला गरिने लागेको जनाएको छ ।
लामोसमयदेखि सर्वसाधारणका लागि प्रवेश रोकेको दरवारमा पुस २ गतेबाट हप्तामा २ दिन मंगलवार र शुक्रवार कार्यालय समयमा खुल्ला गर्न लागेको नगरपालिकाले जनाएको छ ।
दरवार प्रवेशका लागि सर्वसाधारणले २० रुपैयांँ र विद्यार्थीले १० रुपैयाँको टिकट लिनुपर्ने छ । तर, विदेशी पर्यटकले भने निःशुल्क प्रवेश पाउने छन् । त्यस्तै पाँच बर्ष मुनिका बालबालिका एवं ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्ग नागरिकले पनि निःशुल्क प्रवेश पाउने नगरपालिकाले जनाएको छ । तर पुस २ गते भने सबैलाई निःशुल्क प्रवेश दिइने छ ।
वि.सं.२०७२ साल अघि दरबार खुलेको भएपनि भूकम्पपछि दरबारमा प्रवेश निषेध गरिएको थियो ।







































