Home निर्वाचन भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा लफडा नर्सहरुले नै लगाए ताला
भक्तपुर । मानव अंग प्रत्यारोपण केन्द्रमा लफडा भएको छ ।
आफ्नो सेवासुविधाबारे ८बुँदे माग राख्दै आन्दोलनरत नर्सहरुले मानव अंग प्रत्यारोपण केन्द्रमा तालाबन्दी गरेसँगै अस्पतालमा लफडा सुरु भएको हो ।
अस्पतालको सेवा पूर्णरुपमा बन्द गर्दै नर्सहरु आन्दोलनमा उत्रेपछी विरामीहरु भने मारमा परेका छन् ।
अस्पतालमा कार्यरत नर्सहरु बुधबार साँझबाट इमर्जेन्सी र आईसीयू बाहेक सबै सेवा ठप्प पारेर अस्पतालमा ताला लगाएर धर्नाबसेपछि अस्पतालमा लफडाले ठुलै रुप लिएको छ ।
‘तीन दिनदेखि कालोपट्टी बाँधेर काम गरिरहेका नर्सहरुको मागको विषयमा कुनै सुनुवाई नभएपछि उनीहरु हाल अस्पताल तालवन्दी गर्दै आन्दोलनमा उत्रेका हुन् ।
आन्दोलनरत नर्स विनिता उप्रेती भन्छिन् हाम्रा मागलाई हुन्छ हुन्छ भनियो तर, ७,८ महिनासम्म झुलाउने मात्र काम भयो । त्यसैले हामीले आन्दोलनको विकल्प देखेनौ र यो अवस्था आयो ।
नर्सहरुले ग्रेडिङ सिस्टममा जानुपर्ने, सिनियरहरुलाई इञ्चार्जको जिम्मेवारी दिनुपर्ने लगायतका माग राखेका छन् ।तर, अस्पतालका प्रमुख पुकारचन्द्र श्रेष्ठ लगायतले आफ्ना मान्छेहरुलाई मात्र अगाडि बढाएको आन्दोलनरत नर्सहरुको आरोप छ । माग पुरा नभएसम्म आन्दोलन गर्ने नर्सहरुको अडान छ ।अस्पतालको सेवा ठप्प हुँदा विरामीहरु भने मारमा परेका छन् ।
यस अगी पनि अस्पतालमा नर्स त्रजिना जतीलाई निकालेको विषयमा ठुलै लफडा भएको थियो पछि उनलाई अस्पतालले आफ्नो गल्ती ढाकछोप गर्न उनलाई पुन वहाली गरेको थियो ।
मानव अंग प्रत्यारोपण केन्द्र स्थापना देखि नै राम्रा काम भएसँगै अस्पतालमा भने नर्सहरु प्रति उचित ब्यवहार नहुने तथा अस्पतालका आफ्ना निकटका मानिसलाई मात्र भरणपोषण गर्ने गरिदै आएको आरोप रहेको छ ।
Related