भक्तपुरको सुवर्णेश्वर चोकबाट २ लाख ८६ हजार सहित ६ जुवाडे पक्राउ

532

भक्तपुर । भक्तपुर जुवा तासको अखाडा नै भएको छ । यहाँ हप्तै पच्छे प्रहरीले जुवा तास खेल्दै गर्दा हजारौं नगद सहित जुवाडे पक्राउ गर्नु कुनै नौलो कुरा नै हैन भने जस्तो भई रहेको छ ।
यस्तै होलीको दिन भक्तपुरको सुवर्णेश्वरबाट प्रहरीले ६ जना जुवाडे पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले सूर्यविनायक नगरपालिका—५ कटुञ्जे सुवर्णेश्वार चोकबाट जुवातास खेलिरहेको अवस्थामा १० बुक तास, नगद रु. २ लाख ८६ हजार ३ सय १० रूपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ ।
नियन्त्रणमा लिइएका उनीहरुलाई आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
बालाजुमा ७ जुवाडे पक्राउ
त्यस्तै महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका १६ बालाजु सुकुम्बासी टोलमा टिनले छाएको घरमा जुवातास खेलिरहेको अवस्थामा ३ बुक तास, नगद रु. ३६ हजार ९ सय ५० रूपैयाँसहित ७ जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरु सबैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरी टोलीले जनाएको छ ।