भक्तपुरबाट लागु औषध सहित एक जना पक्राउ

188

भक्तपुर :- अवैध लागु औषधसहित भक्तपुर प्रहरीले मंगलवार भक्तपुर नगरपालिका–७, मुनिबिहारबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–४, लाकुलाछेंमा बस्ने २४ वर्षिय समन भले रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
भेलेलाई प्रहरी प्रभाग दरवारस्क्वायर भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीले भेले सवार वागमती प्रदेश ०२–०३४ प. २३७७ नं. को स्कुटी जाँच गर्ने क्रममा लागु औषध नुफ्रिन ५ थान, डाईजेपाम ४ थान र फेनारगन ३ थान फेला परेको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएसपी) बसन्त पाठकले बताउनुभयो ।