भक्तपुर । संघीय संसद्का लागि भक्तपुर जिल्लाबाट यसपटक ६ जना सांसद चयन भएका छन्। जसमा २ जना प्रत्यक्षतर्फबाट निर्वाचित संसद छन् भने ४ जना समानुपातिक प्रणालीमार्फत छन् ।
प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रूकेश रञ्जित ( भक्तपुर क्षेत्र नं. १) र राजिब खत्री ( भक्तपुर क्षेत्र नं. २) निर्वाचित भएका छन्।
समानुपातिकतर्फ भने मिश्रित प्रतिनिधित्व देखिएको छ। रास्वपाबाट प्रमिला कुलुजु सांसद बनेकी छन् भने नेपाली काँग्रेसका मदनकृष्ण श्रेष्ठ र गंगालक्ष्मी अवाल चयन भएका छन्। त्यस्तै नेपाल कम्युनिस्ट पार्टीबाट प्रमेशकुमार हमाल सांसद बनेका छन्।
अब यी निर्वाचित सांसदहरूले भक्तपुरको विकास, सम्पदा संरक्षण, सहरी व्यवस्थापन र रोजगारीका सवालमा कस्तो भूमिका खेल्छन् भन्नेमा जनताको चासो केन्द्रित भएको छ।









































