भक्तपुरमा आलु विमा

868

भक्तपुर । किसानहरुलाई मध्यनजर राख्दै भक्तपुरमा आलु विमा सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना भक्तपुरको संयोजनमा आलु जोन अन्र्तगतका किसानको आलु विमा थालनी गरिएको हो ।

मैसमी र बेमौसमी गरि तीन पटक सम्म आलु खेती गरिदै आएको चाँगुनारायण नगरपालिका वडा नम्वर ८ र ९ मा हल बेमौसमी आलु खेतीमा विमा सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्राविधिक साहायक अर्जुन चौलागाईले जानकारी दिए ।
भक्तपुरको सुडाल र ताथलीमा आफ्नो कार्यक्षेत्र बनाउँदै आएको जोनले आलु विमाको कार्यक्रम ल्याउँदा किसान हर्सित भएका छन् ।
मकै बारी भित्र गरिने आलु खेतीलाई प्रोत्साहन मिलोस भन्ने हेतुले पनि आलु विमाको अवधारण ल्याएको र किसानलाई यस प्रति आर्कषित गरेको चौलागाईको भनाई छ ।


चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडाल को माथिल्लो भाग वडा नम्वर ९ ताथलीको माथिल्लो भेग तथा बनेपा नगरपालिका वडा नम्वर १ ,२,३ लगाएतको भिरालो जमिनमा हाल बेमौसमी आलु खेती हुने गरेको छ ।
कोदो पनि फल्न मुस्किल हुने जमिनमा लगाईने आलुमा पनि विमा आएपछि आफूहरु हर्सित भएको किसान हरेराम दंगाल बताउँछन् ।
उनका अनुसार पहिला भिरालो जमिन भएकै कारण मात्र मकै र कोदोको खेती हुने गरेको थियो हाल आएर ६० दिनमा नै आलु फल्ने बारीका रुपमा आफ्ना भिराला जमिन उपभोगमा आए सँगै कृषकको जीवन स्तर पनि उकासियको उनी बताउँछन् । यसका साथै विगतका बर्षमा विभिन्न रोग किराका कारण मकै बारी भित्र लगाएको आलुबाट किसान घाटामा जाँदै आएको थिए र आलु खेती पनि त्याग्दै आएका थिए । अव आलु विमा आएपछि ती किसानले पनि आलु नै लगाउने भएको उनी सुनाउँछन् ।
आलु विमा गर्न प्रति रोपनी किसानले ३०४ रुपैंया तिर्नु पर्दछ भने सरकारले ९१२ रुपैंया ब्यहोर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ । कार्यालयका अनुसार एक रोपनी आलु बराबर २४३०० रुपैंया बराबरको विम अंक कायम गरिएको छ ।
शेखरनाथ तरकारी फर्मबाट सूरु गरिएको विमा हाल ५० भन्दा बढि किसानले गरि सकेको कार्यालयले जनाएको छ ।
थालनीका रुपमा रहेको विमाको विषयमा ज्ञान नहुँदा पनि कृषि विमाले त्यती प्राथमिकता पाउन नसकेको कृषि प्रविधिकहरुको भनाई छ ।
भक्तपुरमा हाल प्रति हेक्कटर बेमौसमी आलु १८ देखि २० टन उत्पादन हुने गरेको छ भने मौसमी आलु भने २० देखि २५ टन उत्पादन हुने गरेको छ ।
मौसमी आलुको बजार स्थानिय नै भएपनि सुडाल र आसपासका क्षेत्रमा लगाईने बेमौसमी आलुको बजार भने भारत सम्म पनि हुने गरेको छ ।