भक्तपुरमा करेण्ट लागी एकको मृत्यु

2510

भक्तपुर । भक्तपुरमा करेन्ट लाग्दा एकको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नम्वर १० कमलविनायक पाईप लाईनमा आइतवार साँझ करेन्ट लाग्दा ५७ बर्षिया रुद्र काफ्लेको मृत्यु भएको हो ।
कमलबिनायक पाईप लाईन स्थितमा नाती प्रजापतीको बन्दै गरेको २ तले पक्की घरको छतमा जस्ता राख्नको लागी फलामको पाईप उठाउने क्रममा पाईपले बिजुलीको तारमा छुन जाँदा सोही घरमा काम गर्ने २ जना व्यक्तिहरु घाईते भई उपचारको लागी भक्तपुर अस्पताल लगिएकोमा, कमलविनाय नै बस्ने रुद्र काफ्लेको अस्पताल लैजादा लैजादै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै अर्का घाइते हिरा बहादुर खड्कालाई थप उपचारको लागी नेपाल आर्मी अस्पताल छाउनी रिफर गरीएको प्रहरीले जनाएको छ ।

घटनाको सम्वन्धमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।