भक्तपुरमा कुछी भ्वय मनाईदै

670

भक्तपुरका स्थानीयबासीले कुछी भ्वय (दुई माना चिउरा राखेर खाने भोज) खार्दैछन् । यो वर्षेपिछे महाअष्टमीको दिन कुछी भ्वय खाने गर्छन् । या भोज वर्षको एकचोटि मात्र खाने चलन छ । महाअष्टमीको दिन कुछी भ्यव सबै परिवार एक साथ बसेर भोज खाने परम्परा चलिआएको छ । कुछी भ्वय भोज केराको पातमा राखेर खाने परम्परा छ ।

भक्तपुरको स्थानीयबासी रामबहादुर बासीले कुछी भ्वय सबै परिवार बसेर भोज खाने चलन रहेको उनले सुनाए । पहिला पहिला भए कुछी भ्वय अर्थात दुई मना अट्ने भाडामा टन्न चिउरा राखेर भोज खाइन्छ । तर आजभोली त्यो दुई माना अट्ने भाडाको भित्र कपडा राखेर नियमको पालना गरेर भोज खाने गरेको उनले बताए ।

त्यस्तै भक्तपुर कै राजु मानन्धरले भने, पहिला भए कुछी भ्वय खानको लागि विहान एक छाक मात्र खाएर दिन भरी नखाई बस्न गरेकोे स्मरण गरे । कुछी भ्वय खाएर महालक्ष्मी सबै परिवार महालक्ष्मी मन्दिर जाने गरेको उनले सुनाए ।

कुछी भ्वय नवरातको आठौ दिन बेलुका खाने गर्छ । यो दिन महालक्ष्मी मन्दिर जाने दिन गरिन्छ । यो दिन अरु भक्तपुरको स्थानीयबासीहरु कुछी भ्वय खाए पछि मन्दिर जान्छन् । यो दिन अरु बेला भन्दा ढिलो मन्दिर आउने गरिन्छ ।

कुछी भ्वय मा धेरेै परिकारहरुको हुन्छन् । दुई माना चिउरा, कालो भटमास, लसुन, अदुवा, अण्डा, अचार, कुखुराको मासु, गेडागुडी, हरियो सागको तरकारी, आलु, रागाको मासु, छोइला (पोलेको मासु) भुटन र दही राखेर भोज खाने चलन छ ।