भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिकामा नवजात शिशु मृत अवस्थामा फेला परेकी छन् ।
सूर्यविनायक नगरपालिका–४ स्थित पात्लेटारमा झाडीमा बालिकाको शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले बताए । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ।








































